
शसस्त्र प्रहरी विरुद्ध स्पाईक हान्दै न्यु डायमण्डकी प्रतिभा माली ।
पोखरा-शसस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ । बुधबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरीले दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पाँचौ सेटमा जित निकाल्न सफल भयो ।
पहिलो सेट २१–२५ मा गुमाएको शसस्त्र प्रहरीले दोस्रो सेटमा कम ब्याक गर्यो । दोस्रो सेट शसस्त्रले २५–२१ म लिदैं बराबरी गरेपछि खेल रोचक बन्यो । दर्शकले पनि भलिबलको पूर्ण मनोरन्जन लिने पाएको खेलमा तेस्रो सेट न्यु डायमण्डले लिदैं शसस्त्र प्रहरी बलमाथि दबाव बढायो । १०–२५ को फराकिलो अन्तरमा आफनो पक्षमा पार्दै डायमण्डले शसस्त्रमाथि हावी बन्ने प्रयास गर्यो । २–१ को सेटको स्थितिमाप पछि परेको शसस्त्र प्रहरीले चौथो सेटमा फेरी कमब्याक गर्यो । २५–१२ को फराकिलो स्कोर सेट जित निकाल्दै पाँचौ तथा निर्णायक सेटमा खेल पुग्यो । पाँचौ सेटमा शसस्त्रले अनुभवीको संकेत देखाउँदै १५–८ मा लिदैं उपाधि यात्रालाई बलियो बनायो ।
महिला तर्फकै अर्को प्रतिस्पर्धामा घरेलु कोर्टमा श्रीलंकन खेलाडीलाई कोर्टमा उतारेको आयोजक टाईगर ग्रुप अफ पोखरा भने नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो । दोस्रो हारसँगै उपाधि यात्राबाट आयोजक भने टाढिाएको छ । विदेशी खेलाडीको प्रभाव खासै नदेखिएपछि आयोजक टोली पुलिससँग सोझो सेटमा पराजित हुन पुग्यो । पुलिसले टाईगर ग्रुपलाई २५–२०, २५–१७ र २५–२२ को सेटमा पराजित गरेको थियो ।
टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल आगामी शनिबार हुने छ । विजेताले महिला तथा पुरुष टोलीले ३÷३ लाख रुपैयाँ पाउने छ । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…