
काठमाडौं-कीर्तिपुर मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै प्रधानमन्त्री कप टी-२० राष्टिर्य क्रिकेट प्रतियोगितामा प्रतियोगितामा पहिलो जित निकाल्यो । यता प्रदेश नम्बर २ ले तीन खेलमा दोस्रो पराजय भोगेको छ । बिहीबारको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए । बलिङ तर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । लुम्बिनीका लागि देव खनालले अर्धशतकिय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादव र रुपेश सिंहको नाममा समान दुई–दुई विकेट रह्यो । हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक–एक विकेट हात पारे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…