
काठमाडौं- प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो । यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नंम्बर १ लाई ३१ रनले हराएको थियो ।
१ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन जोड्न सक्यो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन् । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मदतमा ३० रन जोडे । कर्णालीको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले । हेमन्त धामीले दुई विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे । दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए भने दिनेश अधिकारीले एक विकेट निकाले ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…