
शसस्त्र प्रहरी विरुद्ध स्पाईक गर्दै आर्मीका खेलाडी ।
पोखरा-टाईगर ग्रुप अफ पोखराको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल प्रतिस्पर्धा दुई विभागीय डर्बी बीच हुने छ । महिला तर्फ उपाधिको लागि त्रिभुवन आर्मीले शसस्त्र प्रहरी बलसँग खेल्ने छ । महिला तर्फ शुक्रबार त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पन्छाउँदै फाईनल प्रवेश गरेको छ ।
आर्मीले २१–२५, २५–१८, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी टाईगर ग्रुपलाई शसस्त्र प्रहरी बलले पराजित गरेको छ । शसस्त्र प्रहरीले २५–१४, २५–२०, २३–२५ र २८–२६ को सेटमा पराजित गरेको थियो । जितसँगै फाईनल प्रवेश गरेको हो । बिहीबारको अन्तिम रोकिएको खेल शुक्रबार खेलाइएको थियो । न्यु डायमण्डलाई पराजित गरेपनि नेपाल पुलिस क्लब फाईनल प्रवेशबाट बन्चित हुन पुग्यो ।
आर्मी ९ अंक सहित शीर्षस्थानमा रह्यो । शसस्त्र प्रहरी बल ८ अंकसहित दोस्रो स्थानमा रहेर फाईनल प्रवेश गर्यो । न्यु डायमण्ड ७ र नेपाल पुलिस क्लब ६ अंकमा सीमित हुदैं उपाधि यात्राबाट विट मारे । शुक्रबार भएको प्रतिस्पर्धामा नेपाल पुलिसले न्यु डायमण्डलाई २५–२०, २५–२० र २५–२३ को सेटमा पराजित गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…