
पोखरा-कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्रप्रताप चन्द, सचिव विनोद श्रेष्ठ, कोषाध्यक्षमा विरेन पुन सर्वसम्मत भएका हुन् ।
सदस्यहरुमा गोविन्द प्रधान, दुर्गा चन्द, ऋषिकेश शर्मा, अरुण पौडेल, पूर्णचन्द्र न्यौपाने, कमल थापा र दिलिप अग्रहरी, जयप्रकाश थापा, भावना देवकोटा, रमेशसिंह यादव र भोजराज बराल चयन भएका छन् । निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद शर्मा मरासिनीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
सचिव दिपेन्द्रपताप चन्दले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै क्रिकेट एकेडेमी सञ्चालन न गर्ने निर्णय गरेको छ । विद्यालयस्तरीय छात्रा तथा छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भावी योजनामा समावेश गरेका छन् । जिल्लास्तरीय क्रिकेट प्रतियोगिता, टी ट्वान्टी एकदिवसीय आयोजना गरिने। अम्पायर तथा स्कोरर तालिम दिईने जनाइएको छ ।
आगन्तुक टोलीसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने र मैदान उपयोग वापत शुल्क लिई प्राविधिकहरुको पारिश्रमिक उपलब्ध गराईने जनाएको छ । मनोरजनात्मक क्रिकेटलाई समेत संघले आयोजना गरेर भाईचारा बढाउने लक्ष्य लिएको छ । चौथो अधिवेशनमा युवा खेलाडी अर्जुन कुमाललाई सम्मान गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…