
पोखरा–दुई विभागीय क्लब आहा रारा गोल्डकपको उपाधि विमुख छन् । एउटा विभागीय क्लबले इतिहास कोरेको छ । पोखराको मैदानमा शसस्त्र प्रहरी बल र त्रिभुवन आर्मीले उपाधि उचाल्ने अवसर नै पाएका छैनन् । पुलिसले आहा रारा गोल्डकपमा सुनौलो इतिहास लेखिसकेको छ ।
इतिहास कोर्ने अभियानमा यतिबेला शसस्त्र प्रहरी बल(एपीएफ) छ । १४ वर्षपछि फाईनल पुगेको छ । १२ वर्षमा खोलोपनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ । उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउने उत्कट चाहना भने मनाङ मस्र्याङ्दी क्लबको छ ।
मोफसलका नकाउट फुटबल प्रतियोगितामा विभागीय टोलीभन्दा मनाङ मस्र्याङ्दी केही बलियो मानिन्छ । उपाधिको संख्याले त्यसलाई प्रमाणित गरेको छ । यद्यपी एपीएफले विदेशी खेलाडीलाई आफनो जर्सीमा उतार्दै पोखराको मैदानबाट उपाधि बोकेर कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा उर्जाशिल हुने सोंचमा छ । पोखराको घरेलु मैदानमा मनाङले उपाधि रक्षा गर्दै बनाईराखेको शाखलाई जोगाउँदै इतिहासमा एउटा अध्याय थप्ने आत्मविश्वासी देखिएको छ ।
१४ वर्षपछि फाईनलमा पुग्नु शसस्त्रको लागि आफैंमा इतिहास हो । फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग हारको इतिहासलाई एपीएफले यो वर्ष दोहोर्याउन चाहदैन् । पुरानो इतिहासलाई सच्याउँदै उपाधि उचालेर नयाँ इतिहास प्रारम्भ गर्ने एपीएफको तयारी छ ।
‘कोभिडको बेला सहाराले गरेको तयारी निकै सह्रानिय छ । त्यही अनुरुप हामीले पनि उपाधि उचाल्ने तयारी छौं । सहाराको दुःखलाई हामीले न्याय संगत तरिकाले प्रस्तुत हुने छौं ।’ फाईनलको पूर्वसन्ध्यामा शसस्त्र प्रहरी बलका प्रशिक्षक कुमार थापाले भने–‘गोल्डकपमा हामीले तीन खेल खेलिसकेका छौं । शुरुवातदेखि हामीले खेलमा सुधार्दै गएका छौं । फाइनलमा अझ सुधार हुन्छौै ।’ सहाराले २० औं संस्करणसम्म जसरी ‘सक्सेस’ गरेको छ त्यसरी नै हामी पनि ‘सक्सेस’ हुन्छौं भन्ने उनको अभिव्यक्ति थियो । मनाङ मस्र्याङ्दी क्लब आफैंमा उत्कृष्ट टिम भएको भन्दै हामी पनि कम छैनौं भन्ने सन्देश उपाधि उचालेर दिने उनको भनाई थियो ।
एपीएफका कप्तान नविन लामाले आहा रारा गोल्डकप उचाल्ने सपनालाई शनिबार पोखराको मैदानमा पुरा गर्ने विश्वासी देखिए । ‘फाईनल खेल हाम्रो लागि निकै ‘टफ’ हुन्छ । १४ वर्षपछि हामी फाईनलमा पुगेका छौं । दवाब(प्रेसर) त हामीलाई छ तर खेल निकै रोमाञ्चक हुन्छ ।’ उनले भने–‘मेरो सानोदेखिको सपना टाईटल जित्ने हो । फाईनल जितेरै जान्छौं । मनाङ राम्रो टिम हो । उनीहरुलाई विट गरेर उपाधि उचाल्ने चाहना छ ।’
एपीएफले उपाधि आफनै नाममा लेखाउन दाबी गरिरहँदा मनाङ मस्र्याङ्दीपनि आफनै घरेलु मैदानबाट उपाधि विमुख यात्रा अगाडि बढाउन चाहदैन् । एपीएफसँग उपाधिकै लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा मनाङ मस्र्याङ्दी प्रशिक्षकले गरेका छन् । ‘फाईनलमा पुग्नु खुशीको कुरा हो । हामी फाईनल प्रवेश गरेका छौं । आशा छ हामीले पुनः उपाधि जित्ने छौं ।’ मनाङ मस्र्याङ्दीका प्रशिक्षक फुजा तोपेको भनाई थियो । एपीएफले आश्चर्यजनक रुपमा खेलमा सुधार गर्दै अघि बढेको छ । हरेक अवस्थालाई धकेलेरै अघि बढिरहेको छ । उपाधिको लागि हामीले फाइनलमै टिमको रणनीति बनाउने स्पष्ट पारे ।
फाईनलमा मनाङ मस्र्याङ्दी दबावमा नरहेको कप्तान विमल रानाको भनाईबाट बुझिन्छ । ‘खेल हो जे पनि हुन्छ । सेमिफाईनलमा पेनाल्टी खेर फालेको घटनाले पाठ सिकाएको छ । पेनाल्टी खेर गएको भनेर कसैले केही दबाव दिएका छैनन् ।’ उनले भने–‘पेनाल्टी खेर जानु नै फाईनल पुग्ने अवसरको रुपमा लिएका छौं ।केही गर्न पर्छ भन्ने हौसला मिलेको छ । फाईनल खेल अझ राम्रो हुन्छ जस्तो लाग्छ ।’ उनले टोलीका ४ खेलाडी नेपाली राष्ट्रिय टोली परेको बताउँदै नयाँ युवाहरुलाई समेट्दा टिम सेट हुन समय लागिरहेको बताए ।
फाईनल अघि नै एपीएफका चार खेलाडीले दोहोरो पहेलो कार्ड पाएका छन् । दुई पहेलो कार्ड पाएकै कारण चार खेलाडीले फाईनल खेल्ने पाउने सम्भावना कम छ । एपीएफका आभास लामिछाने, प्रदिप लामा, सविन थापा र अफ्रिकन खेलाडी दोम्बियाले दोहोरो पहेलो कार्ड पाएका छन् । प्रदिप लामा र सविना थापाले सहारासँग(प्रिक्वार्टर) र मछिन्द्रसँग(सेमीफाईनल), दोम्बिया र अभाषले भुटानिज युथ स्पोर्टस क्लब(क्र्वाटरफाईनल) र मछिन्द्रसँग(सेमिफाईनल)को खेलमा कार्ड पाएका थिए ।
‘म गलत पनि हुन सक्छ् । अझैसम्म पनि मैले हाम्रा कुन खेलाडी प्रतिबन्धमा परे थाहा छैन् । मेरो रणनीति अनुसार सेट टिम नै खेलाउँछु । कुनैपनि खलाडी सस्पेन छैन भन्ने लागेको छ ।’ प्रशिक्षक थापाको भनाई थियो–‘अर्को कुरा मनाङ मस्र्याङ्दीले अनुबन्धन गरेर ल्याएको खेलाडी कानूनी रुपमा कसरी आउन मिल्यो त्यो एउटा प्रश्न छ । लिगमा मनाङ र एनआरटी खेल्नै बाँकी छ । लिग नसकिदैं एनआरटीको खेलाडी कसरी ल्याईयो । लिगको स्थगित(ब्रेकमा) सहाराले प्रतियोगिता राख्दा निकै खुशी भएको भन्दै नकारात्मक गर्न खोजेको नभई त्यसलाई सुधार गर्न पर्छकि भन्ने मात्र हो ।’
प्रतियोगिताको नियमावलीको १४ मा चेतावनी र निष्कासनको शीर्षकको ‘क’ मा खेल दौरान कुनै खेलाडीले एक पटक पहेंलो कार्ड पाएमा निजलाई चेतावनी दिईने छ । सोही खेलाडीले पुन अर्को पटक पहेंलो कार्ड पाएमा सोही खेलमा तथा आगामी अर्को एक खेल खेल्नबाट बञ्चित गरिने छ ।’ उल्लेख छ । प्रतियोगिताका म्याच कमिसनर गोकुल थापाका अनुसार दुईवटा पहेंलो कार्ड पाएका खेलाडीले अर्को खेल बन्चित हुन्छ । ‘दुई पटक पहेलो कार्ड काउण्ट भएपछि अर्को खेल बन्चित हुन्छ ।’ उनले भने–‘एपीएफका चार खेलाडीले दुई पहेंलो कार्ड पाएका छन् त्यसैले फाईनल बन्चित हुन्छन् ।’
हिमश्री फुड्सको मुख्य प्रायोजन र सहारा क्लबको आयोजनामा सञ्चालित २० औं संस्करणको आहा रारा गोल्डकपको शनिबार उपाधि छिनोफानो हुने छ । गोल्डकप विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्दा उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार नगदसहित ट्रफी प्राप्त गर्दै वर्षदिनको लागि क्लबले गोल्डकपलाई विट मार्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…