
पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic
पोखरा-कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ । अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ । त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ । संक्रमण केही मत्थर हुदैं गएपछि खेलकुद गतिविधिलाई चलायमान बनाउन आयोजकहरुले तदारुकता देखाएका छन् ।
केही प्रतियोगितालाई थाँती नै राखियो । केहीलाई प्रतियोगितालाई भने प्रतिष्ठासँग जोड्दै आयोजना गरिएको छ । ओमिक्रोनको सन्त्रास शुरुभएसँगै पोखरा रंगशालामा टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता टुग्याईएको छ । त्यसपछि केहीदिन दर्शकविना नै सहारा क्लबले आहा रारा गोल्डकप आयोजना गर्यो । सेमिफाईनल र फाईनल खेलमा भने दर्शकलाई फुटबल हेर्ने अवसर प्रदान गर्यो ।
त्रास उस्तै छ । उस्तै त्रासको बीचमा पोखराको ठूलो इभेण्टको रुपमा रहेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको संघारमा छ ।
आगामी फागुन ७ गते शनिबार पोखरामा १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन हुने छ । आन्तरिक तयारी गरिएको छ । ‘कोभिडले कन्फ्युजन नबनाएको अवस्थामा अन्तराष्ट्रिय म्याराथन गर्ने पूर्ण तयारीमा जुटेका छौं ।’ आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले भने–‘यो वर्षको प्रतिस्पर्धामा केन्याका धावकले सहभागिता जनाउने निश्चित भईसकेको छ ।’ उनका अनुसार कोभिडले लकडाउन नभएको खण्डमा केन्याली धावक हेल्थ प्रोटोकल अनुसार व्यक्तिगत जोखिममा आउने निश्चित छ ।
पाँच केन्याली म्याराथनको लागि आउने छन् । नाम दर्ता गराईसकेका छन् । उनीहरुलाई मञ्चले पनि निमन्त्रणा पठाईसकेको छ । आवश्यक स्वास्थ्य सम्बन्धीको मापदण्ड पुरा गर्ने निर्देशनसहितको परिपत्र गरिसकिएको भनाई थियो । अन्य अन्तराष्ट्रिय धावकको पनि सहभागिता हुने विश्वास लिएपनि कोभिडको असर कस्तो हुन्छ पर्ख र हेरको अवस्था रहेको अध्यक्ष पराजुलीले बताए ।
महिलाको हाफ म्याराथन र खुल्ला म्याराथनमा धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । म्याराथनमा महिला तथा पुरुष दुबैले सहभागिता जनाउन सक्ने छन् । हाफ म्याथनमा भने नेपालका विभागीयदेखि अन्य जिल्ला धाविकाहरुको प्रतिस्पर्धा गर्ने छन् । ‘क्राउड कम गर्न यो वर्ष दुई चरणमा कार्यक्रम गरिने छ ।’ उनले भने–‘पहिलो चरणमा हाफ र म्याराथन गरिने छ । दोस्रो चरणा १० किलोमिटर खुल्ला, विद्यालयस्तरीय ५ किलोमिटर, ह्वीलचियर तथा दृष्टिविहीन दौड आयोजना गरिने छ ।’ गतवर्ष पहिलो चरणमा म्याराथन र हाफ म्याराथन गरिएको थियो । त्यसपछि १० किलोमिटर आयोजना गरियो । विद्यालयस्तरीय पछि गरियो । अन्तिममा ह्वीलचियर र दृष्टिविहीन दौड आयोजना गरिएको थियो ।
म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने धावकले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै महिला तर्फको हाफ म्याराथन विजेता धाविकाले १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ७५ हजार र तेस्रो स्थानमा आउने धाविकाले नगद ५० हजार पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दूधले पोखरा अन्तराष्ट्रिय म्याराथनलाई प्रायोजन गर्दै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…