
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले संयुक्त रुपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहिबार बिरोध ¥याली आयोजना गरेको छ ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरुले राखेप प्राङ्गणबाट ¥याली निकाल्दै दशरथ रङ्गशालाको मुल गेट अगाडी सम्म बिरोधको ब्यानर सहित ¥याली गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्मा लामो समय देखि कार्यकारी रहेका सदस्य सचिवको विवादका कारण सर्वोच्चमा मुद्धा बिचाराधिन रहेको छ । जसका कारण बिश्वमा नेपाललाई चिनाउने खेलकुदको सम्पूर्ण गतिबिधी ठप्प भएको छ । कर्मचारीहरुले दुई महिना देखि तलब पाएका छैनन् । खेलकुद गतिविधी ठप्प भएको छ । नीतिगत निर्णय गर्नु पर्ने कार्यहरु हुन सकेका छैनन् । त्यसैलाई सम्वोधन गर्दै खेलकुदका तीन संस्थाले सम्वन्धित निकायलाई ध्यानाकर्षण सहित छिटो भन्दा छिटो समस्याको निराकरण गरि गाठो फुकाउन आव्हान गर्दै बिरोध ¥यालीको आयोजना गरेको हो ।
खेलकुद ऐनमा राखेपमा सदस्य सचिव नहुदा अथवा भ्याकुमको अवस्था रहेमा नयाँ बैकल्पिक बाटो अपनाउन सक्ने ब्यवस्था गरेको छ । तर यती लामो समय सम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुक दर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दि बनाईरहेको छ – कर्मचारी संघका अध्यक्ष थापाले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…