
पोखरा- पोखरा म्याराथनको १६ औं सस्करणलाई कलेज तथा विद्यालयले सहयोग गरेका छन् । पोखरा १४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स माविले पोखरा म्याराथनलाई सहयोगी हात बढाएका हुन् ।
आगामी फागुन ७ गते शनिवार आयोजना हुने “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”लाई पोखराका दुई शिक्षालयहरुले सहयोग रहने छ । पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर पुरुष तर्फको प्रथम पुरस्कार राशी नगद २० हजार नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले सहयोग घोषणा गरेको छ । कुमुदिनी होम्स माविले छात्रतर्फको ५ किमि दौडको प्रथम पुरस्कार राशी १२ हजार रुपैयाँ प्रदान गर्नेछ ।
पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भुतपूर्व खेलाडी मञ्चका सल्लाहाकार तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष समेत रहेका समाजसेवी अशोक पालिखेले पोखरा म्याराथनलाई सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए । उनले भने–“पोखरा म्याराथनमार्फत पोखरालाई विश्वमा चिनाउन सहयोग पुगेको छ, यो पोखरेलीहरुको आफ्नै कार्यक्रम समेत हो । हामी पोखरा म्याराथन संग सहकार्यका लागि सम्पूर्ण खेलप्रेमीहरुमा आग्रह गर्न चाहन्छौं ।”
त्यसै गरी पोखरा म्याराथनलाई नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले नगद १५ हजार सहयोग गरेका छन् । कार्कीले महिलातर्फ २१ किमि दौडको सान्त्वना पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जनाएका छन् । पोखरा म्याराथन अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजन रहेको छ भने सह प्रायोजकमा स्पोर्टस वेयर एक्स–टेप, केल्मी रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…