
पोखरा-समाजसेवी सुभाष श्रेष्ठ ले सहारा एकेडेमीका बालकहरुको लागि ट्रयाक सुट सहयोग गरेका छन् । उनले पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर एक समारोहबीच २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । ओभिए कन्सल्टेन्सी डाइरेक्टर सुभाष श्रेष्ठ, कन्सुलर सिर्जना सापकोटाले ती ट्रयाक हस्तान्तरण गरेका हुन् ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले एकेडेमी संयोजक चित्रबहादुर पुनको सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि पुनले एकेडेमीमा नगद सहयोग गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, कार्यसमिति सदस्य शंकर सुवेदी, अतीत गुरुङ लगायतको उपस्थिति थियो ।क्लब अध्यक्ष हरिराम गुरुङ ९सुरज० को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुनिल रानामगरले गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…