
धनगढी-धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् । संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए । सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले । त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए । गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २र२ विकेट लिए।
२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २र२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १र१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सन्तोष कार्की घोषित भए।
शुक्रबारनै सम्पन्न दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भयो । टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहने । होलिल्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अवि नारायण कोइरालाले एक विकेट लिए ।
१ सय ५८ रनको विजयी लक्ष पछ्याएको होलिल्याण्डले १७।५ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । होलिल्याण्डका लागि दीपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए । कृष्ण भट्टले ४२ बलमा नट आउट ४२, गजेन्द्र बोहराले २०, अविशेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए । बलिङ तर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १र१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…