
,झापा-झापाको दमकमा सम्पन्न प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमण्ड क्बल काठमाण्डौले जितेको छ । उसले उपाधि दाबेदार विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेटमा २५–१९ को पराजय भोगेको उसले दोश्रो सेटमा २५–२३ को जित हात पार्दै खेल बराबरीमा ल्याएको थियो ।
तेश्रो सेटमा आर्मीले २५–२२ को जित निकाल्दै पुनः खेलमा अग्रता लिएपनि चौथो सेटमा प्रतिभा मालि चम्किएपछि खेल न्यु डाइमण्डले २६–२४ ले जित्यो । त्यसपछि पाँचौ तथा निर्णायक सेटमा प्रतिभा मालिसँगै झरना श्रेष्ठ, बाल्मिका आचार्य र कप्तान ललिता नाथले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूको प्रदर्शन पछि आर्मीमाथि १५–६ को फाराकिलो अन्तरको जित निकाल्दै न्यु डाइमण्ड प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
जितसँगै न्यु डाइमण्डले नगद दुई लाख र ट्रफी हात पारेको छ । त्यस्तै दोश्रो भएको त्रिभुवन आर्मी क्लबले नगद एक लाख तथा तेश्रो भएको नेपाल पुलिस क्बलले नगद ५० हजार र चौथो भएको एपीएफले नगद २५ हजार हात पारे । प्रतियोतिाको सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी संगम महतोले हात पार्दा उत्कृष्ट सरभरको उपाधि न्यु डाइमण्डकी प्रतिभा मालिले हात पारिन् । त्यस्तै उत्कृष्ट ब्लकर न्यु डाइमण्डकै बाल्मिका आचार्य भइन भने उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्बलकी कामना विष्ट, उत्कृष्ट सेटर न्यु डाइमण्डकै प्रगति नाथ र उत्कृष्ट लिब्रो न्यु डाइमण्डकै सलिना श्रेष्ठ भइन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि न्यु डाइमण्डका प्रशिक्षक कुमार राईले हात पारे । सर्वोत्कृष्ट खेलाडीले नगद दश हजार र विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार हात पारे ।
त्यस्तै सोही प्रतियोगितामा केहि समयअघि बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपाललाई उपाधि दिलाएका राष्ट्रिय टोलीका खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि प्रदेश एकका पूर्व संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, खेल संयोजक तेजु धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको आयोजना दमक नगर खेलकुद विकास समितीले गरेको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…