
file pic
काठमाडौं-एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्पती जारी गरेर नेपालले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न जानकारी दिएको हो । उत्त मैत्रिपूर्ण खेल मार्च २४ तारिखमा आयोजना हुनेछ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका विज्ञप्तीबाट जानकारी दियो । उक्त खेल भने तीन दिन पछि मार्च २७ मा हुनेछ । दुबै मैत्रिपूर्ण खेल थाइल्यान्डको चोनबरीमा हुने एन्फाले जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको तयारीमा रहेको नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्न लागेको हो । एएफसी एसियन कप छनोट नेपाल कुवेत, इन्डोनेसिया र जोर्डिसहितको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने तालिका रहेको छ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ र हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा सहभागि हुनेछन् ।
एएफसी एसियन कप छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुने तालिका छ । जस अन्र्तगत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भन नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…