
नेपालगन्ज-सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजना चैत १० देखि १४ गते सम्म हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करणको तयारी तिब्र बनाइएको छ ।प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले समेत आफनो उपस्थिति जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा गर्नेगरी सहकार्य गरिएको छ ।
सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गरेका थिए । सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेर्टिङ अफिसर सौगात विक्रम शाहको उपस्थिति थियो । ‘प्रधानमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।’ सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमारले भने–‘खेलपर्यटन पनि समग्र पर्यटनको विकास एवं आर्थिक समृद्धिको आधार भएको हुँदा प्रधानमन्त्री कपसँग सहकार्य गरेका हौं ।’
राष्ट्रिय स्तरका खेलाडीहरुको सम्मान स्वरुप स्तरीय हस्पिटालिटीमा जोड दिएको प्रधानमन्त्री कपका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले बताए । नीजि क्षेत्रको सहभागिता बिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको छ । साथैं नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई जोड्न पनि हामीले यो पाइला चालेका उनले सुनाए । कोहलपुरमा खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवैं सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…