
पोखरा-राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीको प्रथम अधिवेशनले राजन पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
१५ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जीवन मल्ल(सितेरियो कराँते), द्धितीय उपाध्यक्षमा हिमाल खड्का(हक्की), सचिवमा धन लामा(सितेरियो कराँते) कोषाध्यक्ष्मा विशाल बस्नेत(ह्याण्डबल) र सह सचिवमा चन्द्रकुमार गुरुङ(क्रिकेट) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रदीप रसाईली(बास्केटबल), निशान कार्की(तेक्वान्दो), जीवन घिमिरे(शारीरिक सुगठन), पुनम गुरुङ(व्याडमिन्टन), विरेन्द्र गहतराज(उसु), रेखमाया गुरुङ(फेन्सिङ), सुमन श्रेष्ठ(बक्सिङ), उज्वल कार्की(मुआथाई) र प्रदीप खड्का(लन टेनिस) रहेका छन् ।
सर्वसम्मत बनेका अध्यक्ष पौड्यालले पोखरा रंगशालाभित्र खेल र खेलाडीको हकहितको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले जस्तो सुकै कदम चाल्न पछि नपर्ने स्पष्ट पारे । बन्दै गरेको पूर्वाधार र बनिसकेको पूर्वाधारमा पनि खेलाडीलाई प्रशिक्षण गराउन समयको बन्देज लगाउने परिपाटीको अन्त्य गर्ने बताए । उनले खेलाडीले आफनो अनुकुल समयमा प्रशिक्षण गर्न पाउने अधिकारलाई कुण्ठित पार्ने विरुद्ध संघ खरो उत्रिने स्पष्ट पारे ।
निर्वतमान अध्यक्ष दिपकबहादुर गोदारले नवौं राष्ट्रियउ खेलकुद प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई नियमित रुपमा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । उनले सम्बन्धित संघहरुलाई राष्ट्रिय प्रतियोगिताको लागि तयारी गर्न समेत आग्रह गर्दै प्रशिक्षणको लागि हल एवं खेलस्थलको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्की लड्ने बताए । उपस्थित खेलाडीहरुले पनि पूर्वाधार भएरपनि उपयोग गर्न नपाएको, प्रशिक्षणमा अहसज भएको, हल उपलब्ध नहुदा नियमित प्रशिक्षण गर्न नपाएको, प्रशिक्षक नहुदाँ प्रशिक्षण लिन नपाएको जस्ता गुनासाहरु गरेका थिए । अधिवेशनको पूर्व अन्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले उदघाटन गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…