
पोखरा-शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम वराह मावि र छात्रातर्फ शान्ता माविले नै लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेतामा चित्त बुझाएको छात्रतर्फको मेश्रम वराह र छात्रातर्फको लक्ष्मी माविले नगद ५०÷५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
छात्रतर्फको फाइनल खेलमा शान्ता माविले मेश्रम वराह माविलाई २५–२१, २५–१६ र २७–२५ को सोझो सेटमा हरायो । छात्रातर्फको उपाधि भिडन्तमा शान्ता माविले लक्ष्मी माविलाई २५–२०, २५–८ र २५–१० को सोझो सेटमा हरायो । प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ विन्ध्यबासिनी मावि तृतीय स्थान हासिल गर्न सफल भए । तेश्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ कालिका माविले ईन्द्रराज्यलक्ष्मी माविलाई २५–१८, २५–१७ र २५–२१ को सेटमा पन्छायो । छात्रातर्फ विन्ध्यबासिनी माविले भद्रकाली माविलाई २५–१४, २६–२४ र २५–६ को सोझो सेटमा हरायो । तृतीय स्थान हासिल गरेको कालिका मावि र विन्ध्यबासिनी माविले नगद ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा छात्रतर्फ शान्ता माविका ज्ञानु परियार तथा छात्रातर्फ शान्ता माविकै गंगा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५÷५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह माविका सविन नेपाली उत्कृष्ट स्पाइकर, शान्ता माविका विवेक सुनार उत्कृष्ट सेटर, शान्ता माविकै सुभास गुरुङ उत्कृष्ट सर्भर, कालिका माविका उमेश गुरुङ उत्कृष्ट डिफेन्स र मेश्रम वराह माविका किशोर विक उत्कृष्ट व्लकर घोषित भए । यसैगरी, छात्रातर्फ चार विधामा शान्ता माविका विद्यार्थी उत्कृष्ट भए । शान्ता माविका जमुना गुरुङ उत्कृष्ट स्पाइकर, निशा भुजेल उत्कृष्ट सेटर र शिला बस्नेत उत्कृष्ट सर्भर घोषित भएका हुन् । लक्ष्मी माविकी गिरमाया गुरुङ उत्कृष्ट डिफेन्स घोषित भईन् । उत्कृष्ट सबैलाई एक÷एक थान भलिबल प्रदान गरिएको थियो ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…