
नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।
उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य , सुपरभिजन केवल टिभीका संचालक विनोद अग्रहरी र ह्याण्डबलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस्कृत गरे । हरियाणा पुल ए विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यु डायमन्ड एकेडेमीसँग खेल्नेछ ।
त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । उनलाई होटल सेन्ट्रल प्लाजाका मार्केटिङ म्यानेजर रमेश पाठक, भायोनेटका म्यानेजर भानु रेग्मी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रीता कोइराला र नेपालगन्ज उपमहानगरपालिका सदस्य तरुण बज्राचार्यले पुरस्कृत गरे । आर्मी पनि पुल बी तर्फ विजेताको हैसियतमा पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।
आइतवार पहिलो सेमीफाइनल हरियाणा र न्यु डायमन्ड तथा दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । सोमवार दिउँसो फाइनल खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…