
file pic
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगितामा महिला सहभागिता शून्य रहेको छ । महानगरकै आयोजनामा हुने प्रतिस्पर्धामा वडाहरुले टिम पठाउन नसक्दा महिला सहभागिता शून्य हुन पुग्यो । महानगर खेलकुद विकास समितिको आयोजनामा महिला तथा पुरुष अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सोमबारदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा शुरु हुने छ ।
महिला तथा पुरुष टिमको सहभागिताको लागि महानगरपालिका खेलकुद विकास समितिले गत ९ गते नै सबै वडालाई पत्राचार गरेको थियो । पत्रचार गरेपनि केही वडाले पुरुष मात्रै सहभागिता गराएको छ । महिला सहभागिता भने शून्य रह्यो । वडास्तरीय प्रतियोगितामा महिला भलिबल टिमको सहभागिता नहुनु आफैंमा आश्चर्यजनक रहेको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का बताउँछन् । ‘महिला टिमको सहभागिता शून्य रह्यो । किन महिला टिमको सहभागिता भएन् । गम्भीर छलफलमा छौं ।’ उनको भनाई थियो ।
प्रतियोगिताको लागि पत्र पठाइएपनि कतिपय वडामा पत्र गएको बारेमा जानकारी नै नभएको प्रतिक्रिया दिए । केही वडाले भने खेलाडी नै नहुदाँ महिला तथा पुरुष दुवै टिम सहभागिता गराउन नसकिएको स्पष्ट पारे । ‘महानगर खेलकुद विकास समितिले आयोजना गर्ने महिला तथा पुरुष अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको बारेमा पत्र आएको जानकारी नै छैन् ।’ पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले भने–‘केही दिन काठमाडौं भए । पत्रको बारेमा मलाई जानकारी भएन् ।’
पोखरा खेलकुदको राजधानी हो । खेलकुदको राजधानी भनिरहँदा खेलकुद प्रति वडाहरुको ध्यान गएको यसले प्रष्ट देखाउँछ । ‘हाम्रोमा टिम नै छैन् । दुईचार जना साथीभाइलाई टिम बनाउन आग्रह ग¥यौं । तर टिम नै बनाउन सकिएन् ।’ पोखरा–३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले भने–‘खेलाडी एउटै वडाको बासिन्दा हुनुपर्ने नियमले टिम बनाउन कठिन भयो ।’
कुनै समय कास्कीको महिला भलिबल शिखरमा थियो । सिंगो देशकै प्रतिनिधित्व गर्ने क्षमता थियो । तर विस्तारै खस्कदै गएको छ । खस्कने क्रममले वडास्तरीय प्रतिस्पर्धामा सहभागिता जनाउन समेत नसक्ने अवस्थामा पुगेको छ । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीका अनुसार वडास्तरीय भलिबल प्रतियोगितामा सहभागिताको लागि महानगरले नै फलोअप गर्न नसकेको बताए । ‘आयोजकले सहभागिताको लागि पत्र पठायो तर फलोअप गर्न सकेनन् ।’ उनले भने–‘अर्कोतिर वडाहरुले खर्च हुने देखेपछि टिम पठाउन चासो नदिएको हो कि भन्ने देखिन्छ ।’
अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता दुवै टोलीलाई समान पुरस्कार राखिएको छ । विजेता टोलीले समान १ लाख २० हजार, उपविजेताले समान ७०÷७० हजार र तेस्रो हुने टोलीले नगद समान ४०÷४० हजार रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट पाँच विधाका खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…