
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन् । उदघाटन समारोहमा सम्बोधन गर्दै गुरुङले खेलकुद स्वास्थ्यको लागि अपरिहार्य भएको उल्लेख गर्दै महानगरपालिकाले खेलकुद क्षेत्रमा पनि विस्तारै अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । खेलकुदको माध्यमबाट स्वास्थ्य मात्रै नभई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत सुनाईन् ।
अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पोखरा महानगरका १६ वटा वडाले सहभागिता जनाएका छन् । अघिका खेलहरु बेष्ट अफ फाईभमा खेलाईने समितिले जनाएको छ । विजेता वडाले नगद पुरस्कार स्वरुप १ लाख २० हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता हुनेले ७० हजार र तेस्रो हुने टोलीले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
उत्कृष्ठ पाँच विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने समितिका अध्यक्ष दिपकबहादुर गोदारले सुनाए । प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीको समेत उपस्थिति थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…