
अन्तरवडास्तरीय भलिबल च्याम्पियन
पोखरा-अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा–२१ कृस्ति÷निर्मलपोखरीले जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनलमा पोखरा–२२ पुम्दीभुम्दीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । उपाधिसहित पोखरा–२१ ले नगद १ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो ।
पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा पोखरा–२१ वडाले पोखरा–२२ वडालाई २५–२६, २५–२० र २६–२४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा पोखरा–२३ चापाकोटले पोखरा–१९ लामाचौरलाई सोझो सेटमा पराजित गर्यो । प्रतिस्पर्धामा २३ वडाले २७–२५, २५–२० र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो बन्यो । दोस्रो बनेको निर्मलपोखरीले नगद ७० हजार र तेस्रो स्थानमा खुम्चिएको वडा नं २३ चापाकोटले नगद ४० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीबाट पोखरा–२१ का अमर कार्की घोषित हुदाँ बेष्ट ब्लकर पोखरा–२३ का विवेक सुनार, बेष्ट सेटर पोखरा–२१ क सन्जय खत्री, बेष्ट डिफेण्डर पोखरा २१ का विक्रम भुजेल, बेष्ट स्पाईकर पोखरा–२२ का विरेन गुरुङ घोषित भए । उनीहरुले नगद पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरे ।
प्रतियोगिताकै अवसरमा पोखरा महानगर खेलकुद विकास समितिले भलिबलका पूर्व राष्ट्रिय खेलाडीहरुलाई बुधबार सम्मान गर्यो । भलिबल खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै महानगर खेलकुद विकास समितिले सम्मानपत्रबाट सम्मानित गरेको हो । सम्मानित हुनेमा पूर्व राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली, पूर्व एथलेटिक्स खेलाडी गोपबहादुर अधिकारी, पूर्व राष्ट्रिय खेलाडी देवीप्रसाद सुवेदी, पूर्व राष्ट्रिय खेलाडी कौशिला खत्री, पूर्व राष्ट्रिय खेलाडी बलराम क्षत्री तथा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीलाई सम्मान गरिएको हो ।
अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पोखरा महानगरका १६ वटा वडाले सहभागिता जनाएका थिए । विजेता वडाका खेलाडीहरुलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायत, महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतले ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । महानगर खेलकुद विकास समितिको यो तेस्रो प्रतियोगिता हो । यसअघि कास्की वडास्तरीय व्याडमिन्टन र टेबलटेनिस च्याम्पियनसिप महानगर समितिले आयोजना गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…