
पोखरा-लामो समयपछि महानगर खेलकुद बिकास समितिले पूर्णता पाएको छ । नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए । शनिबार महानगर सभाहलमै मेयर जिसीले सबै सदस्यहरुलाई सपथ खुवाएका हुन् ।
खेलकुद ऐन २०७७ अनुसार स्थानीय तहमा समेत खेलकुद विकास समिति गठन गर्न सकिने प्रावधान अनुसार पोखरा महानगरपालिकाले खेलकुद विकास समिति बनाई पूर्णता दिएको हो । मेयर जिसीले विरामी परेपछि रोकिएको समितिको पूर्णता हुन सकेको थिएन् । उपचारपछि स्वास्थ्य लाभ गरिरहेका मेयर जिसीकै उपस्थितिमा समितिलाई पूर्णता दिइएको हो ।
समितिले पूर्णता पाउनु अघि नै खेलकुद विकास समितिको अध्यक्ष दिपकबहादुर गोदार र सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गरिएको थियो । समिति अघि नै महानगर खेलकुद विकास समितिले केहीदिन अघि मात्रै वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता तथा टेवल टेनिस प्रतियोगिता आयोजना गरिसकिएको छ ।
समितिमा राजेन्द्र जिसी (भलिबल, उपाध्यक्ष), जीवन बाटाजू(एथलेटिक्स), ऋषिसरा थापा(भलिबल), भरतविक्रम बानियाँ(बास्केटबल), दिनेश खड्का(स्वास्थ्य क्षेत्रबाट), अनुप पौडेल(खेलपत्रकार प्रतिनिधि), कुुसुम गुरुङ(मार्शल आर्ट्स), प्रिति बराल(सफ्ट टेनिस) लगायत सदस्यमा छन् । सपथ खुवाउँदै मेयर जिसीले पोखरालाई खेलकुदको हब बनाउन जोड दिदैं महिलालाई समेत खेलकुदमा आवद्ध गराउन आग्रह गरे । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पनि खेलकुद भावना लिएर मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…