
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।
नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे । सोहेल कुँवरलाई ६ रनमै गुमाएको कास्की ए लाई अर्का ओपनर विकास अधिकारीले सम्हाले । रोहित चन्द पनि नितेश गिरीको बलमा एलबीडब्लुको शिकार हुदैं पभेलियन फर्किपछि १९ रन बनाउने क्रममा कास्की एले दुई विकेट गुमाईसकेको थियो ।
प्रतिक आचार्यलाई पनि शून्य रनमै आउट भएपनि कास्की ए १९ रनमै तीन विकेट गुमायो । ३५ रन बनाउने क्रममा चौथो विकेट गुमायो । विवेक नेपालीलाई पनि बलर गिरीले नै बोल्ड गरे । एकपछि अर्को विकेट गुमेपछि कमजोर देखिएको कास्की एलाई विवेक अधिकारीले सम्हाल्ने प्रयास गरे ।

कप्तान सुवास भण्डारी पनि विधान श्रेष्ठको बल १ रनमै पभेलिनय फर्किएपछि क्रिज छिरेका विनोद नेपाली शून्यमै डकआउट भए । आयुष सैंजु ५ रनमा आउट भए । विकास अधिकारी नितेश गिरीको बलमा एलडब्लुको शिकार भए । उनले ५२ बलमा ४२ रन बनाए । ५ चौका र १ छक्का हिर्काए । कृष्र्ण पौडेल र अनिष खड्काले अविजित रहँदै रन उकास्के प्रयास गरे । पौडेल ६५ रनमा अविजित रहँदा खड्का २९ रनमा अविजित रहे । खड्काले ४५ बलको सामना गरेका थिए । बलिङमा नितेश गिरीले ८ ओभरमा ४ मेडन राख्दै केवल ८ रन दिएर चार विकेट लिए । विधान श्रेष्ठले ८ ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए ।
१७० रनको लक्ष्य पछ्याएको कास्की बीले विधान श्रेष्ठ र अमृत गुरुङको अविजित ३६ र ३७ रनको योगदानमा ३५.५ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्यो । ओपनर मुश्कान थापाले ३१ रन बनाउँदै आधार तयार पारिदिए । उनले ८३ बल खेल्न पुगे । ४ चौका हिर्काउँदै ३१ रन बनाए । सागर लामिछाने केवल ८ रनमै आउट भएपछि कास्की बीको पहिलो विकेट गुम्न पुग्यो । ईशान श्रेष्ठ सस्तैमा १ रनमै आउट भएपछि कास्की बीलाई पनि जितको लक्ष्य पछ्याउन सकस पर्ने देखिएको थियो ।
विष्णु शर्मालाई सुवास भण्डारीले २१ रनमा आउट गर्दै दबावमा राखे । अनिष खड्काले किरण पौडेललाई १ रनमै पभेलियनको बाटो देखाएपछि कास्की बीलाई अमृत र विधानले सम्हाल्दै जितसम्म डोहोर्याए । सुवास विधानले ३६ बल खेल्दै ३ चौका हिर्काउँदा अमृतले भने २७ बलमा १ चौका र ४ छक्कासहित ३७ रनमा अविजित रहे । भण्डारीले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिए । दुईदिवसिय सिरिजमा कास्की बीका नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल तथा कोषाध्यक्ष विरेन पुनले गिरीलाई ट्रफी प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…