
पोखरा-नयाँवर्षको शुरुवातसँगै पोखरामा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा स्पोर्टस एण्ड व्याडमिन्टन क्लबको आयोजनामा बैशाख ३ र ४ गते पोखरा ७ स्थित सिरमोर व्याडमिन्टन क्लबको कोर्टमा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने टिम व्यवस्थापक विशाल बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा ४ इभेण्टमा प्रतिस्पर्धा गराईने छ । खुल्ला मेन्स डबल्स, कास्की ओपन, ४५ वर्षमाथिको उमेर समूह र ६५ वर्षमाथिको उमेर समूह बीच डबल्समा प्रतिस्पर्धा गराईने उनले बताए । राष्ट्रिय प्रतिस्पर्धामा नेपाल व्याडमिन्टन संघको शीर्ष १० बाहेकले प्रतिस्पर्धा गर्न पाउने छन् । कास्कीको हकमा भने शीर्ष ५ बाहेकका खेलाडीले सहभागिता जनाउन पाउने प्रावधान बनाइएको छ । नयाँवर्षसँगै व्याडमिन्टनको यो पहिलो प्रतियोगिता हुने छ ।
प्रतियोगितामा मेन्स डबल्स तर्फको विजेताले नगद ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले नगद ३५ हजार र तेस्रो हुने टोलीले भने २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ । त्यसैगरी कास्की ओपन मेन्स डबल्स तर्फको विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने टिम व्यवथापक बस्नेतले जानकारी दिए ।
४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ४० हजार, उपविजेताले २५ र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । सुपर भेट्रान्स अर्थात ६५ वर्षमाथिको उमेर समूहको विजेताले ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने टोलीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ । बैशाख २ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । व्याडमिन्टनको सुपर भेट्रान्स प्रतियोगिता आयोजना गरिएको यो पहिलो अवसर हो । पोखरा महानगरपालिका खेलकुद विकास समितिले पनि कास्की ओपन व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…