
पोखरा-हेमजा युनाईटेड कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाईनलमा शितलज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा शितल ज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो ।

निर्धारित समय दुवै टोली ४–४ गोलको बराबरीमा सकिएको थियो । खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक गुरुङले समान १ गोल गरेका थिए भने शहिल गुरुङले २ गोलको गरे । हेमजा युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए । भने शितलज्योतीको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।
उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्राप्त गर्याे । त्यसैगरी उपविजेता बनेको शितलज्योतीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताबाट हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए । एन्फा कास्कीका २२ क्लबको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टोलीलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…