
पोखरा-कास्की जिल्ला फुटबल संघ अधिवेशनको संघारमा छ । आगामी ७ गते अधिवेशन गर्दैै नयाँ नेतृत्व आउने निश्चित छ । नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतिको पहाड चढ्नुपर्ने छ । फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ । बर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौति उत्तिकै छ ।
बर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुदाँ खराब संघ कहलिन पुगेको छ । न माईन्युट, न निर्णय नै छ । केवल एकल व्यक्तिको निर्णयले चारवर्षे कार्यकाल टुंगिन लागेको छ । कार्यसमितिका पदाधिकारी र सदस्य नै गुमनाम बने । कोषाध्यक्षले राजीनामा दिईसकेको अवस्था छ । जसले गर्दा अध्यक्षले एकल निर्णय गरेर काम गरे । ‘कास्की जिल्ला फुटबल संघको नेतृत्वले सोचे जस्तो काम गरेको अनुभूति गर्न सकेनौं । चेन्ज एन्फा भन्दै नारा दिईयो । केन्द्रमा चेन्ज भयो होला तर कास्की जिल्लामा परिवर्तन केही भएन् ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले भने–‘कास्कीको फुटबल कमजोर अवस्था पुगेको छ । अब त्यसलाई बचाउने नेतृत्वको खाँचो छ ।’ फुटबल विकास गर्ने योग्य अध्यक्ष चयन गर्नुपर्ने दायित्व र जिम्मेवारी क्लबहरुको काँधमा छ ।
आर्थिक पारदर्शिता नहुदाँ अखिल नेपाल फुटबल संघ(एन्फा) आफैंले छानविन गर्यो । छानविन समितिले रिपोर्ट पेश गर्यो । तर एन्फाले सार्वजनिक गरेन् । सार्वजनिक नहुदाँ संस्थाको गरिमालाई अझ कमजोर बनाउने काम कार्यसमितिले गरेको क्लबहरुको ठहर छ । ‘बर्तमान कार्यसमितिबाट फुटबल विकासमा चित्तबुभ्mदो केही देखिएन् । कोषाध्यक्षले राजीनामा दिएर बसेको अवस्था छ । यसले संस्थालाई कमजोर बनाईदिएको छ ।’ कास्की अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरको एपेक्स क्लबका अध्यक्ष विकास गुरुङले भने–‘फुटबल विकासको लागि राम्रो र योग्य मान्छे छान्नुपर्ने छ । त्यसको लागि सरसल्लाह गर्दै छौं ।’ संघकै निर्वाचित उपाध्यक्ष विश्व तण्डुकारले पनि कार्यसमितिले काम गर्न नसकेको स्वीकार्छन् । उनले साथीभाइ बीच छलफल भएपनि कार्यसमितिको बैठकमा चुपचाप बस्दा एकल निर्णय लाद्न पुगेको प्रष्ट देखिएको बताए । ‘एकल व्यक्तिको निर्णयले फुटबल संघ चलाईयो । कार्यसमिति चुपचाप बस्यो ।’ उनले भने–‘कार्यसमिति चुपचाप बस्दाको हविगत अहिले देखिएको छ ।’
नयाँ नेतत्वको लागि तीन जना अध्यक्षमा आकांक्षी देखिएका छन् । २२ क्लब छन् । २२ क्लबले मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने छन् । अध्यक्षको लागि विनोद गुरुङ, नविन पुन र उज्वल रन्जितको चर्चा छ । तीनै जना अध्यक्षमा भिड्ने आन्तरिक तयारीसहित लबिङमा छन् । नयाँ नेतृत्वले सुशासन र पारदर्शितालाई आत्मसात गर्नुपर्ने खाँचो छ । विनोद गार्डेन फुटबल क्लबका अध्यक्ष समेत हुन् । नविन पुन लोकतान्त्रिक खेलकुदका जिल्ला अध्यक्ष हुन् । नेपाल सेभेन ए साईड फुटबल फेडेरेशनका अध्यक्ष एवं साउथ एशियन सेभेन ए साईडका उपाध्यक्ष समेत हुन् । उज्वल रन्जित आफैंमा पोखराका भरपर्दा फुटबलर हुन् । सक्षम र कुशल नेतृत्वकर्तारुपमा परिचित छन् । उनी पोखराका दोस्रो पुस्ताका अग्रज फुटबलरमा पर्छन् ।
संघका अध्यक्ष मिलन गुरुङले चारवर्षे कार्यकालमा आफुले केवल दुई वर्षमात्रै काम गर्न पाएको बताउँछन् । ‘दुई वर्ष कोभिडले खायो । दुईवर्षको अवधिमा मुख्यमन्त्री कप गरें । पोखरा रंगशालाभित्र बैकल्पिक फुटबल मैदान तयार गरियो ।’ उनले भने–‘आफुले दुःख पाएपनि फुटबल बचाउन लागिपरें ।’ उनले आगामी ७ गते बुधबार अधिवेशनबाट राम्रो मान्छेलाई नेतृत्व हस्तान्तरण गरेर छोड्ने बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…