
पोखरा-पोखरा संगम बी र काठमाडौंको सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि निकट पुगेको हो ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा सञ्चालित प्रतियोगितामा अन्तर्गत सोमबार पहिलो सेमिफाईनलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । संगमका लागि प्लेयर अफ दि म्याच नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको गोलसँगै फाईनल प्रवेश गरेको हो । बगर भाइखलकका लागि मनोज गुरुङले २७ औं मिनेटमा गोल फर्काएपनि हार टार्न सकेनन् ।
यसैगरी दोस्रो सेमिफाईनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–०ले पन्छाउँदै फाईनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२ औं मिनेटमा गोल गर्दै दिलाएकोअग्रतामा शुक्रले ३८ र ४९ औं मिनेटमा थप दुई गोल गर्दै संगमीसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाएका हुन् । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख राशी सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार प्राप्त गर्ने छन् । उत्कृष्ठ स्ट्राईकर, सर्वाधिक गोलकर्ता , मिडफिल्डर, डिफेण्डर र गोलकिपरले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । सोमबार भएको दुई सेमिफाईनलिष्ट टोली नगद ३०÷३० हजार रुपैयाँ प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…