खेलकर्मीको ठम्याईः प्रतिकुल मौसम, छोटो समयसँगै हचुवामा निर्णय

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


पोखरा-आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । आयोजनाको निर्णय गरिरहँदा पोखराको मौसम अनुकुल नहुने ठम्याई खेलकर्मीले गरेका छन् । इण्डोर खेल खेलाउन सकिएपनि आउटडोर खेल खेलाउन प्रतिकुल मौसमले सकस हुने खेलकर्मी बताउँछन् ।

दुई महिनाभन्दा पनि कम छ । खेलाडीलाई तयारी नपुग्ने समेत ठम्याईएको छ । पालिकादेखि छनोट भएर आउनुपर्ने अवस्थामा हतारिएर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदाँ खेलाडी उत्पादनमा ठोस लक्ष्य हासिल नहुने जिकिर गरिएको छ । हचुवाकै भरमा आयोजनाले खेलकुदमा सन्देश राम्रो नजाने समेत खेलकर्मीको बुझाई छ । पोखरालाई खेलकुदको राजधानी भनिरहँदा एकातिर गण्डकी प्रदेश प्रशिक्षक विहीन हुदैं गएको अवस्था छ भने अर्कोतिर मौसम अनुकुल नहुने ठहर छ ।

‘जेठ अन्तिम साता पोखराको मौसमको प्रतिकुल हुन्छ । आउटडोर खेल खेलाउन सकिदैन् । इण्डोर खेल खेलाउन सकिन्छ । यद्यपी मौसमको प्रतिकुलताले उपयुुक्त हुदैन् ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले भने–‘समय थोरै छ । खेलाडीले प्रशिक्षण गरेर छनोट खेल खेलेर आउनुपर्छ । खेल सामाग्रीको अभाव छ । खेल सामाग्री किन्न समेत भ्याइने अवस्था छैन् । तयारी पुग्दैन् पुगेको छैन् ।’ उनले केवल टालटुले र झारझुरे शैलीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर टुग्याउनु केही सीमित व्यक्तिको स्वार्थ पुरा हुने दावी गरे । खेलाडीमाथि खेलवाड गरेर हचुवाको भरमा प्रतियोगिता आयोजना गर्न उपयुक्त हुने उनको ठम्याई थियो ।

संघीय संरचनामा छ । संघीय संरचना अनुसार पालिकादेखि नै खेलाडी सहभागिता गराई छनोट गर्ने परिषदको नियम बनाईएको छ । तर नियम अनुसार पालिकादेखि छनोट भएर राष्ट्रिय प्रतियोगितासम्म खेल्न आईपुग्ने समयले पुग्दैन् । राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको लागि कुम्भमेला हो । कुम्भ मेला भएपनि खेलाडीको स्वार्थभन्दा पर व्यक्तिगत स्वार्थमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गलत परिपाटी बसेको उनले बताए । आफैंले नेपालगन्जबाट आठौं संस्करणको समापनपछि झण्डा बोकेर गर्विलो हुदैं आएपनि अहिले हचुवाकै भरमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुले खेलाडी र खेलकुदको हितमा नहुने स्पष्ट पारे । उनले मधेश प्रदेशमा खेलकुद विकास समिति प्रदेश तथा जिल्ला खेलकुद विकास समिति गठन नभएको अवस्थामा खेलाडीको तयारी र आवश्यक सामाग्रीको उपलब्धताले सम्भव नभएको दावी गरे ।

विभिन्न प्रदेशमा प्रदेश खेलकुद परिषद तथा अन्य जिल्ला खेलकुद विकास समितिका संरचना यतिबेला लथालिंग छ । पोखरामा ३५ खेल मध्ये २० खेल खेलाईने निर्णय यस अघि नै गरिएको छ । २० मध्ये केही खेलको पूर्वाधार पोखरामा मात्रै नभई गण्डकी प्रदेशमै छैन् । पौडी पोखरी तथा सुटिङ रेन्ज प्रदेशमै छैन् । हक्कीको लागि आवश्यक खेल मैदान छैन् । केही महिना अघि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पोखरा रंगशालाको भ्रमणकै समयमा पौडी र सुटिङ पोखरामा आयोजना गर्न सम्भव नभएको सुनाएर फर्किएका थिए । पोखरामा एथलेटिक्स ट्रयाकमा खेलाडीले दौडिने पाउने अवस्था अहिले छैन् । दौडिन नपाउँदा एथलेटिक्सका खेलाडीले प्रशिक्षण कहाँ गर्ने भन्ने अन्यौल छाएको छ । टेनिस, क्रिकेट, स्क्वास, ह्याण्डबल, भलिबल, आर्चरी, व्याडमिन्टन तथा फुटबलको आवश्यक पूर्वाधार तयार छन् । केही कभर्ड हलमा इण्डोर खेल खेलाउन सकिने अवस्था भने छ ।

प्रदेशका ११ वटै जिल्लामा खेलाउने परिषदको योजना छ । ११ वटै जिल्लामा खेल खेलाउने निर्णय भएपनि खेलकुदको मापदण्ड अनुसारका पूर्वाधार नभएको अनुमान छ । पूर्वाधारको मापदण्ड अनुसार बनेका छन् कि छैनन् भन्ने अध्ययन गर्नुपर्ने खाँचो छ । ‘अहिलेको मौसम उपयुक्त होईन । वर्षाको समय हो । खेलाडी पनि प्रशिक्षणमा आईसकेका छैनन् ।’ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘खेलाडीहरु केही परीक्षाको तयारीमा छन् । केही परीक्षामा सामेल छन् । कोरोनाले गर्दा खेलाडीहरु प्रशिक्षण विहीन थिए् । अहिले केही सहज भएको छ । जसले गर्दा प्रशिक्षणमा फर्किने बातावरण बन्दै गएको छ । प्रशिक्षणमा फर्किने तयारी रहँदा हतारमा निर्णय गरेर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु राम्रो हुदैन् । खेलाडीको भावनामाथि खेलवाड हुन्छ ।’ परिषदले आफनो काम देखाउने नाममा हचुवाकै भरणमा निर्णय गर्दा यसले खेलकुद र खेलाडीको भविष्य नै अन्धकारमा धकेल्ने काम हुने उनको भनाई थियो । उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी तयार हुन छ महिनाको समय लाग्ने भन्दै पर्याप्त समय पुग्दैन् ।

देश आर्थिक संकटावस्थामा रहेको चर्चा छ । त्यो चर्चाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सामान खरिद गरेर जिल्ला जिल्ला पठाउन विषय नै अहिले चुनौतिपूर्ण देखिन्छ । समय उपयुक्त पनि होईन् । समय पनि पर्याप्त छैन् । ‘कहिले जिल्ला छनोट गर्ने । कति दिनमा प्रदेश छनोट गर्ने । कहिले क्लोज क्याम्प राखेर खेलाडी तयार गर्ने ।’ कास्की जिल्ला बक्सिङ संघका अध्यक्षम सुमन श्रेष्ठले भने–‘अहिलेको अवस्थामा बक्सिङका खेलाडी नै छैन् जस्तो स्थिति छ । घर घरमा पुगेर खेलाडी बोलाउनुपर्ने अवस्था छ । आवश्यक सामान छैन् । प्रशिक्षक नभएको वर्षौ भईसक्यो । कसरी रिजल्ट दिन सकिन्छ ।’

बक्सिङको लागि सेमीकभर्ड हल छ । हलमा रिङ छ । तर रिङ जीर्ण छ । खेल्ने क्रममा रिङबाटै खेलाडी खस्नेस्थिति नआउला भन्न सकिदैन् । रिङ मर्मत मात्रै होईन खेलाडीलाई आवश्यक शौचालय समेत छैन् । सामान्य पूर्वाधार समेत बक्सिङको जिकिर संघको छ । कुनै बेला बक्सिङको हब पोखरा अहिले दयनीय अवस्थामा छ । चित्र गुरुङ, सुरेश मल्ल, गणेश भट्टराई जस्ता बक्सिङका हस्ती थिए । अहिले खेलाडी खोज्नुपर्ने अवस्था छ । त्यस्तो बेलामा राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्वजनिकले रुनु न हाँस्नु भएको उनको बुझाई छ ।

पोखरा रंगशालामा पौडी पोखरी र सुटिंग रेन्ज बनाउने जग्गा छुट्टाइएको छ । पौडी पोखरी बनाउन परिषदले आवश्यक टेण्डर प्रक्रियालाई टुग्याउन नसक्दा पौडी पोखरी बन्ने सम्भावना क्षीण बनेको छ । परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा सरोकारवाला तथा आयोजक प्रदेशसँग सल्लाह नगरी हचुवाको भरमा निर्णय गरेको ठहर खेलकर्मीले गरिरहेका छन् । ‘यो उपयुक्त समय नै होईन् । वर्षायाम हो । समय पनि छोटो छ । प्रशिक्षण गराउन सकि

समय उपयुक्त भएन । पानी पर्ने सिजन हो । वर्षायाम हो । समय छोटो भयो । प्रशिक्षण गराउन सकिदैन् । भौतिक पूर्वाधार केही बनेका छैनन् । कास्कीको हकमा प्रशिक्षण गर्ने ठाँउ छैन् । मेडल ल्याउने खेलको प्रशिक्षण गराउने छैन् । पौडी र सुटिङ गराउने ठाँउ छैन् । निर्वाचनको तयारीमा सरकार जुटेको छ । राष्ट्रिय प्रतियोगिता हुनुपर्छ । तर प्रतियोगिता उपयुक्त समय, भौतिक संरचना यथोचित अवस्थामा हुनुपछै । प्यारापिट तयार हुन्छ कि छैन् । पौडी र सुटिंग हक्कीको पूर्वाधार छैन् । यो समस्यालाई कसरी समाधान गर्छ भन्ने हो भन्ने हो । नियमित प्रक्रियामा निर्माण भएका हुन् पूर्वाधार । तर नवौंलाई लक्षित गराउनुपर्ने पूर्वाधार पौडी, हक्की र सुटिंगको बनाउनुपर्ने हो । तर जिल्लाको हकमा प्रशिक्षण र प्रतियोगितास्थल नै छैन् । प्रतियोगिता खेलाउनको लागि खेलाउने हो या खेलाडी उत्पादनमा खेलाउने हो त्यो सोच्ने विषय परिषदको हो ।
पोखरामा अझैं पूर्ण रुपमा पूर्वाधार तयार भईसकेको अवस्था छैन् । निर्माणाधिन फुटबल मैदानसँगै प्यारापिटको काम सकिएको छैन् । अन्य पूर्वाधार तयारी अवस्थामा छैनन् । पौडी पोखरी र सुटिङ रेन्ज बनाउनै बाँकी छ । हक्कीको लागि ठोस खेल मैदानको अभाव छ । ‘यो समय उपयुक्त होईन् । समय निकै छोटो छ । प्रशिक्षण गराउने पर्याप्त समय नहुदाँ खेलाडी छनोटदेखि प्रशिक्षण गराउन कठिन छ ।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने–‘पूर्वाधार तयार नभईसकेको अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको औचित्य देखिदैन् ।’ परिषदले गण्डकी प्रदेशमा आयोजना हुने हुदाँ त्यसका सरोकार निकाय, संघहरु तथा प्रशिक्षकहरुसँग सल्लाह गरेर मिति तय गर्नुपर्ने थियो । तर पूर्वाधार तयार नहुदाँ खेलाडीले खेल्ने ठाँउकै अभाव रहेको उनको भनाई थियो ।

‘पूर्वाधार तयार नहुदाँ खेलाडीलाई खेल्ने ठाँउको अभाव छ । परिषदले खेलाडीलाई ध्यानमा राखेर प्रशिक्षण गराउने र छनोट गराउने तर्फ ध्यान दिनुपर्ने थियो ।’ उनले भने–‘राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्छ । समय घर्किएको छ । यद्यपी देशको विद्यमान परिस्थितिलाई हेरेर मिति घोषणा गर्नुपर्ने थियो । परिषदले त्यस तर्फ भने चासो नदिएई आफनो अनुकुल निर्णय गरेको हो । प्रतिकुल मौसमकै कारण खेलकुद प्रतियोगितालाई प्राकृतिक विपत्तिले समस्या ल्याउँछ ।’