
पोखरा- पोखरामा यु -१९ राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ । दुईदिन अघि मात्रै पोखरा आईपुगेको टोलीले आईतबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले प्रशिक्षण शुरु गरेका छन् ।
यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन टिम हो । सुदुर पश्चिममा आयोजित मुख्यमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
बन्द प्रशिक्षणमा ४४ खेलाडी सहभागि छन् । ४४ जनाबाट २० जना छनोट गरिने प्रशिक्षक जगत टमटाले जानकारी दिए । ४ म्याच खेलेर खेलाडी छनोट गरिने छ । खेलाडीको प्रदर्शनको आधारमा खेलाडी छनोट गरेर क्याम्प सञ्चालन गरिने छ । पोखरामा झण्डै २० दिनको क्लोजक्याम्प राखिने प्रशिक्षक टमटाले बताए । छनोट भएका खेलाडीहरुले आगामी जूनको पहिलो हप्ता मलेसियामा यु (१९ वल्र्डकप क्वालिफाईंङमा प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…