
पोखरा-एथलेटिक्समा गण्डकी प्रदेशको प्रदर्शन आसलाग्दो छैन् । प्रदेशका ११ जिल्लामा एथलेटिक्सको पूर्वाधार छैन । पोखरामा एथलेटिक्सको पूर्वाधार बनेको छ । तर प्रशिक्षण गराइएको छैन् । अन्तराष्ट्रिय मापदण्डको एथलेटिक्सको सिन्थेटिक ट्रयाक केवल प्रतियोगिताको लागि मात्रै उपयोग गर्नुपर्ने आवाज उठेको छ । प्रतियोगितालाई मात्रै उपयोग गर्ने हो भने पोखरामा एथलेटिक्सको प्रशिक्षण गराउने अर्को बैकल्पिक ट्रयाक छैन् ।
पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदको मातहतमा आईसकेको छैन् । निर्माण कम्पनीले परिषदलेलाई हस्तान्तरण गरिसकेको छैन् । परिषदले कम्पनीलाई भुक्तानीवापतको रकम नदिदाँसम्म परिषदको नाममा आउने सम्भावना कम छ । यसले एथलेटिक्स ट्रयाकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रयाक अन्तर्गतका इभेण्टहरु सञ्चालन हुनेमा दुविधा देखिएको छ ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पोखरा रंगशालामा निर्माण गरिएको पूर्वाधार ट्रयाक एण्ड फिल्ड (फुटबल मैदान, प्यारापिट र सिन्थेटिक ट्रयाक)परिषदलाई हस्तान्तरण गर्ने छौं ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्स्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का स्थानीय प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘हस्तान्तरण गर्नुअघि परिषदले बाँकी रकम भुक्तानी दिनुपर्छ ।’ उनका अनुसार परिषदले कति रकम भुक्तानी गर्न बाँकी छ भन्ने खुलाएनन् । उनले निर्माण गरिएको ट्रयाक प्रतियोगिता गर्ने हो भन्दै टे«निङ अन्यत्र गर्नुपर्ने बताए । एथलेटिक्सको टे«निङ गर्ने पूर्वाधारयुक्त ठाँउ अन्यत्र कतै छैन् ।
गण्डकी प्रदेशले आठौं राष्ट्रिय प्रतियोगितामा अनिष थापामगरले १० हजार मिटरमा रजत र उनलै ५ हजार मिटरमा कास्य पदक जितेको तथ्यांक छ । नवलपुरका प्रकाश रानामगरले १ सय २ सय मिटर दौडमा तेस्रो स्थान प्राप्त गरेका थिए । त्यस्तै कल्पना श्रेष्ठले ४ सय मिटर हडल्समा तृतीय स्थान प्राप्त गरेकी थिईन् । यो नै गण्डकीको एथलेटिक्ले प्राप्त गरेको नजिता हो । आफनै प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा थप पदक जित्नुपर्ने दबाव खेलाडी तथा प्रशिक्षकसँगै खेलकुद निकायलाई समेत छ ।
‘नवौंको लागि टे«निङ समूहमा भईसकेको छैन् । एक÷दुईजनालाई टे«निङ गराईराखेको छु ।’ एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले भने–‘सिन्थेटिक ट्रयाकमा टे«निङ गराउन सकिएको छैन् । बन्द छ ।’ उनका अनुसार ट्रयाक हस्तान्तरणपछि मात्रै आवश्यक टे«निङ शुरु गरिने छ । ट्रयाक हस्तान्तरण भईसकेको छैन् । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का स्थानीय प्रोजेक्ट मेनेजर बरालले ट्रयाक दुई वर्ष अघि नै अन्तराष्ट्रिय एथलेटिक्स महासंघ(आईएएएफ)ले प्रमाणित गरेर सर्टिफिकेट दिईसकेको बताए । ‘१३ औं सागको बेला आईएएएफले जाँच गरेर प्रमाणित गरेर सर्टिफिकेट दिईसकेको छ ।’ उनले भने–‘तर परिषदलाई हस्तान्तरण भईसकेको छैन् । परिषदे भुक्तानी दिएपछि हस्तन्तरण हुन्छ ।’
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा आयोजना हुदाँ पोखरा रंगशाला फुटबल मैदान तथा ट्रयाक निर्माणको क्रममा थियो । निर्माणको साढे तीन वर्ष पुग्यो । निर्माण सकिएको छैन् । हस्तान्तरण भएको छैन् । निर्माण पुरा नहुदाँ एथलेटिक्सको गतिविधि तीन वर्षयता पोखरामा शून्य छ । शून्यकै अवस्थामा पोखरालाई भने एथलेटिक्समा पदक जितेर इतिहास लेख्न चुनौति छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले निर्माण गरिएको नयाँ ट्रयाकमै टे«निङ शुरु गरिने बताए । ‘परिषदबाट प्राविधिक एवं कर्मचारीको टोलीले भएका पूर्वाधारको अनुगमन र निरिक्षण गर्न आउँदैन् । अनुगमन र निरिक्षणपछि मात्रै निर्णय हुन्छ ।’ उनले भने ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…