
पोखरा-पोखरामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले नयाँ वर्षको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गर्यो । पोखरा रंगशालामा आयोजित शुभकामना कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा पुर्ब अन्तर्राष्ट्रिय एवं राष्ट्रिय खेलाडीहरुको उपस्थिति थियो । संघका अध्यक्ष राजन पौडेलले खेलाडीको हकहितको लागि संघ जन्मिएको भन्दै खेलाडी हकहितको लागि संघले आफनो आवाजलाई सधै बुलन्द बनाई राख्ने स्पष्ट पारे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…