
काठमाडौं-चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौटगरिएको छ ।
नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उनले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराए ।
छनौट प्रतियोगिताबाट पुरुष तर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् । यस्तै दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो बरियताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहेका छन् । यस्तै महिला तर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…