
काठमाडौ-नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर।बि।बि। – एन।भि।ए। राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सोमबार सफलता हात पारेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । सेनाले आफ्नो खातामा तीन अंक जोड्न सफल भयो । यस्तै पुरुष तर्फ पनि सेनाले जित निकाल्यो । सेनाले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले जित निकाल्दै ६ अंकका साथ अग्रस्थानमा रहन सफल भयो । प्रतियोगिताको पहिलो दिन पनि सेनाले अर्को विभागिय टोली एपिएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको थियो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ विभागिय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपिएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । पुरुष तर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…