लोगो र मस्कट सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


काठमाडौं-आगामी जेठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै आसन्न नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।लोगो र मस्कट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन । लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार रुपैयाँ पाए । लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरेको थियो । सोही कार्यक्रममा नवौंको नारा समेत सार्वजनिक गरिएयो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ । नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन् । नारा बनाउने काफ्लेले १० हजार प्राप्त गरे ।

नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेल आयोजना गरिने छ । नवौंमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिएको छ । जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।