
पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजको अन्तिम साता आयोजना गर्ने निर्णय गरिएको छ । यही जेठ २२–२८ गतेसम्म आयोजना गर्ने निर्णय गरिएपनि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय प्रतियोगितालाई असोज अन्तिम सातासम्मको लागि सारेको हो । प्रस्ताव अनुसार आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सार्ने निर्णय गरिएको हो ।
यही जेठमा आयोजना गर्ने गरी परिषदले तयारी थालेको थियो । तर चुनावी माहौल तथा अर्थमन्त्रालयले बजेट निकासामा गरेको अन्यौलताले समस्या परेको जनाएको छ । अर्थमन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड निकासा गरेपनि ३५ दिने सूचना निकाल्न नसक्ने अवस्था भएपनि प्रतियोगिता सर्ने निश्चित भईसकेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा आवश्यक पूर्वाधार केही तयार गर्नुपर्ने अवस्था छ । सुटिङ र पौडी पोखरी निर्माण गर्नुपर्ने आवश्यकता छ ।
युवा तथा खेलकुद मन्त्रायलयमा मंगलबार पत्रकार सम्मेलन आयेजना गर्दै यसै महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं असोजसम्म सारिएको जानकारी दिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने योजना बनाइएको बताए । तर कानूनी प्रकिृया र सार्वजनिक खरिद ऐनअनुरूप जेठमा गर्न अड्चन भएकाले सार्नु परेको जिकिर गरेका छन् ।
जेठमा पोखराको मौसमले पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न उपयुक्त नहुने गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँग खेलाडी तथा खेलसंघले जनाउँदै आएका थिए । खेल संघका पदाधिकारीले जेठमा पानी पर्ने भन्दै केही पछाडि सानुपर्ने आवाज उठाएका थिए । मौसमसँगै खेलाडीहरुले पनि पर्याप्त प्रशिक्षणको अवसर पाएका थिएनन् । जिल्ला छनोट हुनै सकेको थिएन् । जिल्ला छनोट नहुदाँ प्रदेश छनोट थप अन्यौल बनेको थियो । प्रदेश छनोटपछि मात्रै क्लोज क्याम्प राख्नुपर्ने समयमै पर्याप्त नभएको गुनसाो थियो ।
प्रदेशका ११ वटै जिल्लामा खेल खेलाईने छ । अधिकांश खेल पोखरा रंगशालामा खेलाईने छ । ३८ खेल समावेश गरिएको छ । दुई खेल प्रदर्शनी हुने छ भने ३६ खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…