
पोखरा-यही मे २६ तारिखदेखि अबुधावीमा हुने आईएफएमए सिनियर वल्र्ड मुआथाई च्याम्पियनसिपमा सहभागि हुने पोखरेली खेलाडी तथा अफिसियललाई मंगलबार बिदाई गरिएको छ ।
मे २६ देखि जून ४ सम्म संयुक्त अरब इमिरेट्सको अबुधावी शहरमा आयोजना हुने च्याम्पियनसिपमा पोखराका एलिस आचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीसँगै अफिसियलको रुपमा नेपाल मुआथाई संघको मुख्य प्रशिक्षक दिपकबहादुर गोदार जाने छन् । उनीहरु दुवै जनालाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खादा लगाई बिदाई गरेका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…