
म्यान अफ दी म्याच चर्च ब्वाइजका आशिष चौधरी
हेटौंडा-हेटौंडामा सञ्चालन भइरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित भएको अवस्थामा निकै सुधारिएको खेल प्रस्तुत गर्दै चर्च ब्वाइजले दोस्रो हाफको तेस्रो मिनेटमै आशीष चौधरीको गोलमार्फत् खाता खोलेको थियो ।
५७ औं मिनेटमा हेमन्त थापामगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमका लागि तेस्रो तथा व्यक्तिगत् दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका चौधरी घोषित भए । उनले नगद १० हजार रुपियासहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लब बीच खेल हुनेछ ।
जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता छ । प्रतियोगितालाई जिल्लाका १० वटै पालिकाले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले १० लाख रुपिया“सहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत् उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा नवजनजागृति क्लब सिमरा, वागमती क्लब सर्लाही, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी ९एपीएफ० क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…