
काठमाडौं –नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौै हुदै नगद २ हजार प्राप्त गर्न सफल रहे । काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन । त्यसैगरी झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौं स्थानमा रहन सफल भए ।
समान ५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समुहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलब अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकबा साथ पाँचौं भए । १० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौं हुन सफल भए ।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा। राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य अन्र्तराष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पीकर भुवन राज चतौट, नेकोसका केन्द्रिय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उतम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरे ।
समापन समारोहलाई सम्बोधन गर्दै नेकोसका नेता कटवालले नेपाली खेलक्षेत्रको उठानका लागि नेपाल खेलकुद महासंघ सदैव तत्पर रहेको बताउँदै खेलक्षेत्रको विकासका लागि स्थानीय निकाय तथा शैक्षिक केन्द्रसँगको सहकार्यको जरुरी रहेको जानकारी गराए । त्यसैगरी साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा। राजेन्द्र केसीले खेलकुदलाई शिक्षासँग जोडेर लानका लागि अग्रसरता लिने कुरा बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…