गोल्डकपको छिनोफानो आज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३० गते २०७९ मा प्रकाशित


हेटौंडा- आज हेटौडामा आयोजित चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल हुदैं छ । उपाधिको लागि घरेलुटोलीले साविक विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । हेटौंडा–५ को क्याम्पा रंगशालामा हुने फाइनल खेलमा घरेलु टोली विजय युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । विजय युथले सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनल प्रवेश गरेको हो भने आर्मीले सडनडेथमा विदेशी क्लब एफसी क्यामरुनलाई हराउ“दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुई टोलीबीच खेल दिउ“सो ३ बजे हुनेछ ।

प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । डिफेन्डिङ च्याम्पियनसमेत रहेको आर्मीका कप्तान भरत खवासले घरेलु टोलीविरुद्ध फाइनल खेल खेल्नु खुशीको कुरा भएको तर चुनौतीपूर्ण पनि रहेको बताए । अघिल्ला खेलहरुको कमजोरीलाई फाइनलमा दोहोरिन नदिने उनले बताए । विजय युथलाई घरेलु दर्शकका साथ रहे पनि आफूहरु पुनः गोल्डकपको उपाधि जित्ने गरी तयारी गरेको कप्तान खवासले प्रतिक्रिया दिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरु जित्नेमा ढुक्का रहेको बताउँदा आर्मीका कप्तान खवासले आफ्नो टोलीको सबै खेलाडी फिट रहेका कारण उपाधि जित्ने दाबी गरे ।

विजय युथका कप्तान अशोक बरालले आर्मीविरुद्ध खेल आफूहरुका लागि चुनौती रहे पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने दाबी गरे । खवास, विकेश कुथु जस्ता अनुभवी खेलाडीले भरिएको आर्मीसँग खेल्नु केही असहज हुने कप्तान बरालले उल्लेख गरे । राम्रै मेहनत गरेर फाइनल पुगेको र फाइनलसम्म पुग्नु पनि ठूलो कुरा रहने कप्तान बरालको भनाइ छ । विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनलको रणनीति तयार पारिसकेको बताउँदा विजय युथका कप्तान बरालले आफ्ना केही खेलाडी अनफिट देखिए पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । विजय युथ हेटौंडेली टोली हो ।

एभिनियर एफसीसँग कठिन जित निकाल्दै साविक विजेता आर्मी क्लब मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो । शनिबार दोस्रो सेमीफाइनलमा आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको थियो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत् नतिजा निकालिएको हो ।

सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएका थिए । आर्मीको ११ प्रहार गोल हु“दा एभिनियरका १० मात्र गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो । खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता लिएको थियो ।

आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेका हुन् । एभिनियरका डिफेण्डरको खुट्टामा अल्झिएको बललाई उनले गोलमा परिणत गरेका थिए । अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बा“की रह“दा एभिनियर खेलमा फर्किएको थियो । एभिनियरका डिजिकाले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।

विजय युथले शुक्रबार भएको पहिलो सेमीफाइनलमा पुलिसलाई १–० ले हराउ“दै फाइनलमा स्थान बनाएको हो । शुक्रबारको प्रतियोगितामा विजय युथका लागि खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी पेपेले गरेको गोल नै निर्णायक बनेको थियो । अमिर श्रेष्ठको कर्नरलाई पेपेले हेडमार्फत् गोल गरेका थिए । १२ औं मिनेटमा पुलिसका रवि पासवानको प्रहार बारमा लाग्दा पुलिस सुरुवाती अग्रता लिनबाट चुक्यो । पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । ५९ औं मिनेटमा पुलिसले बराबरी गर्ने मौका खेर फाल्यो । पासवानको प्रहारलाई विजय युथका गोलरक्षक अशोक बरालले एक हातले मुस्किलले बचाए । ७४ औं मिनेटमा विजय युथ अग्रता दोब्बर बनाउनबाट चुक्यो । विमल रानाले मिलाइदिएको पासमा डोना थापाको प्रहार बाहिरियो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा भोला सिलवालको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख प्राप्त गर्नेछन् । विधागत् उत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडीले करिब ६ लाख मूल्य पर्ने रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् । प्रतियोगितामा हालसम्म थ्रीस्टार, मकवानपुर–११ र आर्मीले जितेका छन् । जेठ १९ गतेबाट सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।