
ट्रेल रेसमा सहभागि धावकहरु दौडिदै । तस्बिर फाईल
पोखरा-कोभिड–१९ ले थलिएको ट्रेल रेस(गोरेटो दौड) उठ्ने प्रयासमा छ । उठ्ने जमर्को गरेको ट्रेल रेसको सिरिजलाई वर्षाले रोक्यो । पानी पर्ने सिजनले आयोजकले पनि सिरिजलाई पछि धकेले । आगमी भदौमा वर्षको पहिलो रेसको सिरिज गर्ने योजनामा संस्था छ । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षमा तीनवटा रेसको सिरिज गर्दै आएको थियो । दुई वर्ष कोभिड–१९ ले स्थगित भयो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ । संस्थाले आफनै बलबुतामा दौडाउने सिरिजमा स्वदेशी तथा विदेशी धावकहरु समेत सहभागिता जनाउने गरेका छन् ।
दौडाउने काम आफैंमा कठिन छ । त्यसलाई व्यवस्थापन मिलाउन अर्को चुनौतिपूर्ण छ । यद्यपी संस्थाले हरप्रयासमा कोभिडअघिसम्म सिरिजलाई निरन्तरता दियो । ‘कोभिडले दुई वर्ष खायो । वर्षा सकिएपछि भदौतिर रेसको शुरुवात गर्ने योजनामा छौं ।’ पोखरा टे«ल रेस सिरिज नामक संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले भने–‘साथीभाइको साथ सहयोग छ । अन्य खेलकुदसँग सम्बन्धीत संघसंस्थाको सहयोगको अपेक्षा गरेका छौं ।’
रेसलाई गण्डकी प्रदेश खेलकुद परिषदले पनि चासो दिन सकेको छैन् । संस्थाले पनि खेलकुद संस्थालाई गुहार्न नसकेको यथार्थ हो । दुई वर्ष कोभिडले ठ्याप्पै बनाएपछि संस्थाले इभेण्टलाई फेरी उचाई थप्ने प्रयास गरेको छ । ‘वर्षा लाग्यो । भदौमा आयोजना गर्ने प्रयास भईरहेको छ । सबै साथीभाइ छलफलमै छौं ।’ उनले भने–‘छलफल निचोडमा पुगिसकेको छैन् ।’ उनले सराङकोट तल मेथ्याङमा कोभिडपछिको सिरिज अन्तर्गतको पहिलो रेस गर्ने योजनामा रहेको सुनाए ।
साहसिक खेलसँग सम्बन्धीत संघसंस्था छन् । नेपाल पर्वतीय खेलकुद महासंघ छ । महासंघमा ट्रेल रेस सिरिज आवद्ध छैन् । महासंघमा आवद्ध नहुदाँ सहयोग समेत पाउन सकेको छैन् । महासंघका अध्यक्ष गोविन्द भट्टराईले महासंघले साहसिक खेलकुद आयोजना गर्ने संस्थाहरुसँग सहयोगको लागि प्रयास गर्न सकिने बताए ।
पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(ट्रेल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत वर्षेनी ट्रेल रेस गर्दै आएका हौं ।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो
ट्रेलरेस प्रतिको चासो अहिले बढ्दै गएको छ । काठमाडौंको ट्रेल रेस सिरिजले पनि पोखरामा रेस गर्न आवश्यक अध्ययन समेत गरेको उनले बताए । २०७४ सालमा पोखरा टे«ल रेस सिरिजको स्थापना भएको हो । संस्थाले दुईवर्षमा ५ वटा रेस गरिसक्यो । छैटौं संस्करणको गर्ने प्रयास गरिरहँदा कोभिडले स्थगित बनायो । ‘शुरुमा काहुँ रेस(१३ कि.मी) आयोजना गर्यौं’ उनले भने–‘त्यतिबेला अल्ट्रारेस धाविका मिरा राईबाट उदघाटन गर्यौं ।’ त्यसपछि रानीबन रेस(२० कि.मी),सराङकोट–मेथ्लाङ रेस(२५ कि.मी), पन्चासे रेस(५५ कि.मी) र धान रेस (७ कि.मी) आयोजना गरिएको थियो । दौडमा स्वदेशी मात्रै नभई विदेशी धावकले चासो दिएका थिए । नयाँ रुटको रुपमा निर्मलपोखरी दौडाउने योजना पनि छ । ‘ताल टु ताल दौडाउने योजना समेत बनाइएको छ ।’ उनले भने–‘यसले नयाँ पर्यटन पदयात्राको खाका कोर्ने छ ।’ रुट खोज्दै त्यसलाई मार्किङ गर्नुपर्ने अवस्थाले समय धेरै खर्चिलो हुन्छ ।’ खर्चिलो हुने हुदाँ प्रायोजकको खोजीमा संस्था जुटिरहेको छ । खेलकुदसँग सम्बन्धीत सरकारी निकायले पनि ध्यान दिनुपर्ने संस्थाले जोड दिदैं आएको छ ।
ट्रेलरेसमा सहभागि धावकहरु दौडिदै । तस्बिर फाईल


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…