
काठमाडौं –नेपाल ट्राईयाथलन संघको आयोजनमा असार ४ गते शनिबार तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि.पौडी, ३.५ कि.मि। साईक्लिङ्ग, र १ कि.मि।दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…