
पोखरा –यही असार १८ गते पोखरामा हुने छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सफल पार्न होटल पोवाले साथ दिने भएको छ । उक्त अवार्डको होटल पाट्नरको रुपमा पोखराको लेकसाईडमा रहेको होटल पौवाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले जनाएको छ ।
विहिबार एक समारोहका बिच होटलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतम र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको महासचिव राजाराम पौडेलले बताए । मंचले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन प्रबद्र्धन हुने भएकोले होटलले साथ दिएको सिओओ गौतमले बताए । उनका अनुसार होटल पौवाको पोखरा ११ औं शाखा हो, उक्त होटलमा हाल ३९ वटा रुम रहेका छन भने न्यूनतम ३ हजार ५ सय देखि ८ हजार मुल्य बराबरका डिलक्स देखि सुइट रुमसम्म रहेका छन्।
पोखरा स्पोटर्स अवार्ड सफल पार्न विभिन्न संघ संस्थाले मञ्चसंग सहकार्य, साथ र सहयोग गर्ने क्रम जारी रहेको मञ्चका अध्यक्ष बरालले बताए । पोखरा स्पोटर्स अवार्ड सम्पुर्ण गण्डकी प्रदेश बासी खेलकुदकर्मीहरुको लागि एउटा इभेण्ट भएकोले उक्त कार्यक्रम सफल पार्न सवैको साथ सहयोग आवश्यक भएको मञ्चका अध्यक्ष बरालले बताए । पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन पोखराको सहारा क्लवले गरेको छ । उक्त अवार्ड सफल पार्न काठमाण्डौंको जु जु वेर्सले सहकार्य गरेको छ ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…