
काठमाडौं-काठमाण्डौमा आजबाट टि-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा काठमाण्डौका ११ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन शुक्रवार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। जवाफमा १०३ रनको लक्ष्य लिएर मैदान उत्रिएको ट्वान्टी फर्स्ट रेस्ट्रोले अल आउट हुन अगाडी ६० रन मात्र जोड्न सक्यो। खेलको प्लेयर अफ दि म्याच ब्रदर्श ११ का दुर्गेश थापा घोषित भए।
यस्तै दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रदर्श ११ ले प्रेसिडेन्सियल बिजनेस स्कुललाई ७ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको प्रेसिडेन्सियल बिजनेस स्कुलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६३ रन जोडेको थियो। ६४ रनको जवाफी लक्ष्य लिएर ब्याटिंग गर्न उत्रिएको ब्रदर्श ११ का लागि खेलको प्लेयर अफ दि म्याच बिपिन आचार्यले अविजित २७ रन जोड्दा टोलीले ७ विकेटको जित दर्ता गर्यो।
दिनको तेस्रो खेलमा टिम सुबिसुले थेम्स इन्टरनेसनल कलेज माथि ४७ रनको सहज जित हात पार्यो। टस जितेर पहिले ब्याटिंग गरेको सुबिसुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९३ रन जोडेको थियो। सुबिसुका लागि दिपेश दासले सर्वाधिक ४० रनको योगदान गरे। दोस्रो इनिंगमा थेम्स इन्टरनेसनल निर्धारित १० ओभरमा ५ विकेट गुमाउंदै ४६ रन रन मात्र जोड्न सक्दा खेलमा ४७ रनले पराजित भयो। खेलको प्लेयर अफ दि म्याच सुबिसुका दिपेश दास घोषित भए।
शुक्रवारको अन्तिम खेलमा मिक्स्माण्डुले रोएल क्रिकेट क्लबमाथि ८३ रनको एकतर्फी जित हात पार्यो। टस जितेर पहिले ब्याटिंग गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोडेको थियो। उसका बिबेक राना मगरले सर्वाधिक ३९ रन जोडे। जवाफमा मिक्स्माण्डुको धारिलो बलिङ्गको अगाडि रोएल क्रिकेट क्लब सम्हालिन सकेन। रोएललाई केवल २० रनमा समेट्ने क्रममा मिक्स्माण्डुका अविनाश बश्यालले ३ तथा प्रतिश जिसीले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच मिक्स्माण्डुका बिबेक राना मगर घोषित भए।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…