छैटौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ११ गते २०७९ मा प्रकाशित


पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले यही असार १८ गते आयोजना गर्ने छैटौं पोखरा स्पोर्टस अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ । मञ्च गण्डकीले सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षणक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको मनोनयनमा महिला तर्फ सर्वोत्कृष्ठ खेलाडीको सूचीमा अरुण शाही(भलिबल), मनिष उपाध्याय(क्रिकेट) र सरगम कुमाल(क्योकुशिन कराँते) परेका छन् । त्यसैगरी पुरुष सर्वोत्कृष्ठ वर्ष खेलाडीमा प्रदीप खड्का(टेनिस), विधान अधिकारी(व्याडमिन्टन) र बुद्ध लामा(कराँते) रहेका छन् । त्यस्तै उदीयमान खेलाडीमा दर्शिल श्रेष्ठ(टेनिस), सृष्टि जैसी(क्रिकेट) र शाहिल लिम्बु(बक्सिङ) रहेका छन् । उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजु(क्रिकेट) रेकमाया गुरुङ(तेक्वान्दो) र निरज थापा(टेनिस) रहेका छन् ।

मञ्चका अध्यक्ष दिननाथ बरालका अनुसार अर्को पटक उत्कृष्ट संघ, लाइफटाईम अचिभमेन्च अवार्ड सार्वजनिक गरिने छ । अन्तिम दिन उत्कृष्ट खेल पत्रकारलाई सम्मानित गरिने छ । उदीयमान, खेल प्रशिक्षक, खेल संघ र उत्कृष्ट पत्रकारलाई नगद ३५÷३५ हजार प्रदान गरिने छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई भने इलेक्ट्रिक स्कुटर दिने तयारी गरिएको छ ।