
पोखरा-पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन् । उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाईनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा स्क्वास र्याकेट एशोसियसनको सहयोगमा आयोजित प्रतियोगिताको फाईनलमा घिमिरेले बाटाजूलाई ११–३, ११–४ र तेस्रो सेट ११–७ मा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका निर्वतमान अर्थमन्त्री किरण गुरुङले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । ओलम्पिक दिवसको अवसरमा आयोजित प्रतियोगितामा ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा रंगशालाभित्र स्क्वासको हल बनाउन तत्कालिन अर्थमन्त्री गुरुङले आर्थिक सहयोग जुटाएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै स्क्वास संघ कास्कीले थप दुईवटा कोर्ट निर्माणको तयारी गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…