
लोमान्थाङ–५ लोवाथाङस्थित हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणस्थल । तस्बिर फाईल
पोखरा-हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ । लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा ९ होलको कोर्ष बनाउन शुरु गरिएको हो । कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ । अरु सबैजसो बनाईसकिएको सदस्य विष्टले बताए ।
‘९ होलको कोर्ष बनाएका छौं । बंकर र टी बक्स तयार भईसकेको छ ।’ विष्टले भने–‘अब ग्रीन तयार गर्ने छौं । ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर(भुवन) गुरुङ आएपछि तयार पारिने छ ।’ कोर्ष तयार भएपछि यो विश्वकै उच्च उचाईको कोर्ष बन्ने छ । कोर्ष समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईस्थित लोमान्थाङ–५ लोवाथाङ बनाइएको छ । हाईअल्टिच्युड गल्फ कोर्षले आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास छ । अहिले विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ । सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ । बोलिभिको ला पाज गल्फ क्लब ३ हजा २ सय ६० मिटरको उचाईमा छ । जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो । त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ । अमेरिककाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ ।
प्राविधिकको सल्लाह र रेखांकन अनुसार ९ होल बनाइएको कोर्ष अभियान्ता समेत रहेका विष्टले जानकारी दिए । उनका अनुसार पार–५ को दुई, पार–४को पाँच र पार–३ को तीन होल बनाइएको छ । पार–५ को दुरी झण्डै ६ सय मिटर रहेको समेत उनले बताए । ‘पार–५ को दुरी ६ सय मिटरको छ ।’ उनले भने–‘प्राविधिक सल्लाह अनुसार बनाइएको हो ।’ कोर्ष बनाउन प्रदेश सदस्य विष्टले १० लाख रुपैयाँ खर्चिएका छन् । पूर्वाधार विकास अन्तर्गत उनले कोर्ष बनाउन खर्चिएका हुन् । विष्ट आफैं पनि पछिल्लो समय गल्फप्रति चाख राख्दै आएका छन । विष्टले पोखराको हिमालयन गल्फ क्लब र काठमाडौंको गोकर्ण गल्फ क्लबमा समेत एमेच्योर प्रतिस्पर्धा गरिसकेका छन् । त्यसैले पनि उनले लोमान्थाङमा हाईअल्टिच्युड गल्फ कोर्ष बनाउन चासो दिदैं आएका थिए ।
गल्फको प्रवद्र्धन गर्न स्थानीय तहले समेत प्रतियोगितात्मक कार्यक्रमको लागि १० लाख रुपैयाँ छुट्टाएको छ । ‘लोमान्थाङ गाँउपालिकाले गल्फ प्रतियोगिताको लागि १० लाख रुपैयाँ छट्टाएको छ ।’ उनले भने–‘हामीले लोमान्थाङमा हाईअल्टिच्युड कोर्षमा प्रतियोगिता आयोजना गरेर साहसिक खेलको रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं ।’
‘पहिला फिल्ड हेर्नुपर्छ । फिल्ड हेरेपछि मात्रै ९ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने–‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ ।’ उनका अनुसार ९ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ । ‘टि बक्स, फेयर वे, गी्रन बनाउनुपर्छ’ उनले भने–‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ ।’ लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने योजना छ । ग्री्रनको डिजाईन अन्यको भन्दा ‘युनिक’ बनाईने सदस्य विष्टको भनाई थियो । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्युड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ । फुटबल मैदानसहित बास्केटबल, भलिबलको कोर्ट समेत निर्माणाधिन अवस्थामा छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…