
पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मार्शल आर्ट्सबाट पदक जित्ने सम्भावित खेलाडीलाई मनाङ मा हाईअल्टिच्युड टे्रनिङको व्यवस्था गराउने प्रतिबद्धता गरेका छन् । उनले सोमबार गण्डकी प्रदेश खेलकुद परिषदको कार्यालय भवन उदघाटनपछि मार्शल आर्ट्सका खेलाडीहरुलाई मनाङ मा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता गरेका हुन् ।
उनले कराँते, तेक्वान्दो र उसुका खेलाडीहरुलाई मनाङ मा प्रशिक्षण गराउने बताए । मार्शल आर्टस्का तीनै खेल विधाका पदाधिकारीसँग छलफल गर्दै पदक विजेता सम्भावित खेलाडीलाई मनाङ मा प्रशिक्षण गराउने स्पष्ट पारे । मनाङ को ताल गाँउ(नासो गाँउपालिका)मा दुई दिन प्रशिक्षणपछि तेस्रो दिन मनाङ को पिसाङ मा प्रशिक्षण गराउने योजना सुनाए । त्यसपछि ङ्वालमा प्रशिक्षण गराउने उनको भनाई थियो । हाई अल्टिच्युड प्रशिक्षणको लागि खेलाडीको आवासिय सुविधाको लागि स्थानीय गाँउपालिकालाई सहयोगको लागि आग्रह गर्ने उनको भनाई थियो ।
यसैबीच मन्त्री गुरुङ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सोमबार विभिन्न खेलका खेलाडीहरुलाई पौष्टिक आहार(डाईट) उपलब्ध गराईएको छ । प्रदेश कार्यलयमा सोमबार दिउँसो मन्त्री गुरुङ ले विभिन्न खेलका खेलाडीलाई पौष्टिक आहार दिदैं खेलाडीलाई प्रशिक्षणमा व्यस्त रहन आग्रह समेत गरे । मन्त्री गुरुङ ले तीन महिनाको लागि खेलाडीलाई पौष्टिक आहार दिने प्रतिबद्धता दुई महिना अघि नै गरेका थिए । प्रतिबद्धता अनुसार पहिलो चरणमा विभिन्न खेलका १ सय २० खेलाडीले पौष्टिक आहार प्रदान गरिएको छ । झण्डै ३५ संघका प्रत्येक संघबाट ५ देखि १० जना खेलाडीलाई पौष्टिक आहार उपलब्ध गराईएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकै आर्थिक सहयोगमा निर्माण गरिएको प्रदेश खेलकुद परिषदको कार्यालय मन्त्री गुरुङ ले उदघाटन गरे । मन्त्री आफैंले शिलान्यास गरेको भवन झण्डै डेढवर्षपछि उदघाटन गरेका हुन् । ९६ लाखको लागतमा प्रदेश खेलकुद परिषदको कार्यालय निर्माण गरिएको हो ।
युवा मैत्री स्थानीय तह विकास तथा प्रोत्साहान कार्यक्रम बाट अखिल नेपाल महिला संघ पर्वतको अघ्यक्ष तथा पर्वत जिल्ला मोदि गाउँपालिकाको अघ्यक्ष हिरा देवीशर्मालाई युवा तथा खेलकुद मंन्त्रालयबाट नगद पाँच लाख रुपैयाँसहित सम्मानित गरिएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…