
पोखरा-न्यूू डायमण्ड युुथ क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । बुुधबार भएको फाइनल खेलमा पुुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीज महोत्सवको अवसरमा आयोजना गरेको महिला भलिबलमा दर्शकको साथ भरपुर पाएको न्यू डायमण्ड खेलमा चम्कन सकेन् ।
पहिलो सेटमा पुलिसले डाइमण्डलाई २५–१५ को स्कोरमा पराजित ग¥यो । पहिलो सेटमा पराजित भएपछि दोस्रो सेटमा डायमण्डका खेलाडीले झनै खराब प्रर्दशन गर्दा पुलिसले २५–१४ को स्कोरमा जित निकाल्न सफल भएको छ । तेस्रो सेट त डायमण्डले लज्जास्पद हार व्यहोरेको छ । २५–८ को स्कोरमा जित निकाल्दै पुलिसले उपाधि रक्षा गरेकोे हो ।
उपाधिसँगै पुुलिसले एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।
विधागततर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट सेटर न्यूू डायमण्डकी प्रगती नाथ, ब्लकर आर्मीकी सफिया पुन, सर्भर न्यु डायमण्डकी सलिना बुढा मगर, स्पकाइकर पुुलिसकी कामना विष्ट, डिफेन्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट कोच पुुलिसका हृदयश विष्ट घोषित भए ।
गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । आर्मीले गण्डकीलाई २५–१७, २५–१७ र २५–१५ को स्कोरमा पराजित गरेको हो । तेस्रो भएको आर्मीले ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ । महिला भलिबलमा चार समुहको सहभागिता रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…