
पोखरा-भारतबाट वर्षेनी पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । कोही गर्मी छल्न पोखरा आईपुग्छन् । कोही भने खेलकुदको माध्यमबाट पोखरा आउने गर्छन् । पछिल्लो समय घुम्ने पर्यटकसँगै खेल पर्यटकको आगमन पनि उत्साहप्रद नै देखिन्छ ।
वर्षेनी विभिन्न खेलको लागि भारतका विभिन्न शहरबाट मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि खेलाडीहरु पोखरामा आउने गरेका छन् । विशेष गरी क्रिकेट, भलिबल, कबड्डी, व्याडमिन्टन, बक्सिङ लगायतको खेलको लागि पोखरा आउने गरेका छन् ।
इण्डो नेपाल मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि भारतीय विभिन्न संघसंस्थाले पोखरा ल्याउने गरेको छ । केहीदिन अघि मात्रै विभिन्न खेलका ५२ जना भारतीय खेलाडीहरु पोखरामा प्रतिस्पर्धाको लागि आएका थिए । वर्षेनी नियमित रुपमा इण्डो नेपाल मैत्रीपूर्ण सिरिज खेल्न आउने गरेको नेपाल युवा खेलकुद विकास मञ्च कास्कीका अध्यक्ष प्रदीप राउतले जनाए।
मञ्चकै आयोजना र व्यवस्थापनमा भारतीय संस्था इन्टरनेशनल स्टुडेन्ट्स अल गेम्स एक्टिभिटिज डेभलपमेन्ट फाउण्डेशनको टोली पोखरा आईपुगेको थियो । तथ्यांक अनुसार भारतबाट विभिन्न खेलको लागि मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि वार्षिक दुईहजार भन्दा बढी भारतीय खेलाडीहरु पर्यटकको रुपमा भित्रिने गरेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…