
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्।
पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्। गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा अमृत प्रथम, दीपक दोस्रो, नवराज तेस्रो र हिराकाजी बैकल्पिकमा छनोट भएका हुन्।
गोरखाका अमृतले फाइनलमा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–६ र ११–६ ले जित्दै पहिलो बनेका हुन्। अमृत, नेपालगञ्जमा भएको आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् ।
त्यस्तै, महिलातर्फ कृष्ण थापामगर (गोरखा), शृशिका उदास (कास्की) र करिश्मा ओली (कास्की) छनोट भएका छन्।गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा कृष्ण प्रथम, शृशिका दोस्रो र करिश्मा तेस्रो बन्दै राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन्।
प्रतियोगितामा लमजुङ, मनाङ र मुस्ताङ जिल्लाबाहेक बाँकी ८ जिल्लाबाट २६ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य शुभकन्या गुरुङ, पोखरा महानगरपालिका खेलकुद समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला स्क्वास संघका अध्यक्ष पुष्पराज श्रेष्ठले मेडल र प्रमाणपत्र प्रदान गरे।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…