
पोखरा-पुरुष फुटबल तर्फको उपाधि नवलपुरले उचाल्दै च्याम्पियन बन्दा लमजुङ जिल्ला दोस्रो स्थानमा चित्त बुझाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश छनोट प्रतिस्पर्धामा लमजुङलाई १-० ले पराजित गर्दै नवलपुर च्याम्पियन बनेको हो । कास्की जिल्लालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल तय गरेको लमजुङको उपाधि उचाल्ने सपना भने पुरा हुन सकेन् ।
त्यसैगरी महिला तर्फको उपाधि कास्कीलाई पराजित गर्दै स्याङ्जाले उचाल्यो । कास्कीलाई ५-० गोल अन्तरले पराजित गर्दै स्याङ्जा च्याम्पियन बनेको हो । पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदानमा महिला तथा पुरुष दुवै टोलीको प्रतिस्पर्धा आयोजना गरिएको थियो । छनोट प्रतिस्पर्धा समय अभावकै कारण खेलक २५र २५ मिनेट खेलाईएको थियो ।

पुरुष तर्फ प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहँदा महिला तर्फ भने ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । विजेता टोलीलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार एवं गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…